Play

दुरसंचार प्राधिकरणको अध्यक्षमा घिमिरे र प्रेस काउन्सिलको अध्यक्षमा श्रेष्ठ नियुक्त

गुरुकुल खबर


काठमाडौँ, नेपाल दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिलमा सरकारले नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार दुरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरिएको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णय अनुसार नियुक्त भएका अध्यक्षद्वयले आइतबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन्।

नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षले निष्पक्ष, परिणाममुखी र जिम्मेवार ढंगले कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे। उनले नियामक निकायहरूले आफ्नो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्दै नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

प्रेस काउन्सिलको सन्दर्भमा उनले गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौती बनेको उल्लेख गर्दै त्यसको पहिचान र नियन्त्रणमा काउन्सिलले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। त्यसैगरी, दूरसञ्चार प्राधिकरणलाई सेवा विस्तार, सुशासन र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए।

प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सञ्चार क्षेत्रको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भएकाले त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन प्रणाली सुदृढीकरण तथा प्रेस स्वतन्त्रताको संरक्षण आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो।

यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान, सेवा विस्तार र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले कानुन, नियम र नीतिको परिधिभित्र रहेर नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार सेवा विकासमा केन्द्रित हुने बताए।

२९ असार २०८३, सोमबार १८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा