पोखरा, पोखराको मुस्ताङचोकमा आज शुक्रबार बिहान विद्यालयको विद्यार्थी लिएर गुडेको ईभि हाइस दुर्घटनामा परेको छ। बिहान करिब साढे छ बजे पोखरा–७, मुस्ताङचोकस्थित चार्जिङ स्टेसनमा ह्याप्पी बोर्डिङ स्कुलको ग १ ख ६६२२ नम्बरको हाइस अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा गाडीमा रहेका विद्यार्थीको सुरक्षित उद्धार गरिएको थियो। दुर्घटनामा मानवीय क्षति नभएको भएपानी गाडी भने कुच्चिएर क्षती भएको अबस्थामा देखिएको छ। जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार हाइसका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी छ।
तस्बिर – सामाजिक संजाल
















