Play

भूमि आयोगका पुर्वअध्यक्ष पोखरेल, सदस्य गुरुङ र मालपोत प्रमुख अधिकारीसहित ७ जनालाई कैद र जरिवाना गरिने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका – २६ मा रहेको अमर ज्योती माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खडा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ । कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसहितका व्यक्तिहरुलाई अदालतले जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो । दोषी ठहर हुनेहरुमा कास्की मालपोतका पूर्वप्रमुख अधिकारीसहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, आयोगका सदस्यहरु आश बहादुर गुरुङ, उमाकुमारी थापा र सोमकुमारी नेपाली रहेका छन् । यस्तै, नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकलाई पनि अदालतले सजाय सुनाएको छ।

अमर ज्योती माविको ३ रोपनी ३ आना जग्गा कीर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुस १८ गते मुद्दा दायर गरेको थियो । सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरुलाई अदालतले सजाय ठहर गरेको हो ।

(तस्बिरमा आयोगका तत्कालिन अध्यक्ष गंगा पोखरेल र तत्कालिन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी)

१० असार २०८३, बुधबार १२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा