पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिबेशनबाट केन्द्रीय सदस्य बन्न चाहनेको संख्या निकै धेरै हुने अनुमान गरिएको छ। केन्द्रीय समिति १ सय ५८ सदस्यीय बन्ने भएपनि केहि पदमा पहिलो पटक समायोजनबाट आउनेलाई समेत बिशेष सुबिधा दिईने भएपछि रास्वपामा पहिले देखि काम गरेका हरुको बिचमा कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ।
आज सोमबार दिउँसो १ बजेबाट निर्बाचन प्रक्रिया शुरु हुने बताइएपनि केन्द्रीय सदस्य बन्न चाहनेहरुले सामाजिक संजाल र महाधिबेशन स्थलमा आंफ्नो प्रचार अभियान शुरु गरिसकेका छन। पार्टीको सभापतिमा रबि लामिछाने र बरिष्ठ नेतामा बालेन्द्र शाह निर्बिरोध हुने भएपनि अन्य पदमा निर्बाचनको सम्भावना देखिएको छ ।
पार्टीको एक उपसभापति स्वर्णिम वाग्ले र अन्य केहि पदमा समेत निर्बिरोध हुने सम्भावना देखिएको कतिपयले बताएका छन। तर केन्द्रीय समितिको सदस्य बन्न चाहनेहरुको संख्या भने ध्वेरै हुने बताइन्छ।
पार्टीको महाधिबेशनमा कास्की जिल्लाबाट पनि कम्तिमा ६/७ जना उमेदवार बन्ने सम्भावना देखिएको छ। जसअनुसार कास्की -२ बाट निर्बाचित सांसद उत्तमप्रसाद पौडेलको साथै पोखराको लामाचौरकी पवित्रा थापा, न्युरोडका अशोक खड्का, सहित पुर्व सांसद शिब नेपाली र पुजा बाँस्तोला लगायतले केन्द्रीय सदस्यमा उमेदवारी दिने बताएको पार्टीको पोखरा महानगरका सभापति योगेन्द्र केसीले गुरुकुल खबरलाई जानकारी दिए।
केसीका अनुसार कास्की -१ बाट निर्बाचित सांसद एबम पर्यटन मन्त्री गनेस पौडेलले पनि केन्द्रीय सदस्यमा उमेदवारी दिने चर्चा चलेको भएपनि निश्चित भैसकेको छैन। पार्टीको महाधिबेशनमा गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट करिब ५० जनाले बिभिन्न पदमा उमेदवारी दिने संम्भावना रहेको बताइएको छ ।
















