पोखरा, ४४ औं बिपी स्मृति दिवस (साउन ६ गतेको दिन) को अबसरमा नेपाली काँग्रेस कास्कीले बिभिन्न कार्यक्रम गर्ने भएको छ । पार्टीको जिल्ला कार्यसमितिको हालै बसेको बैठकले बिपी स्मृति दिवसको अबसरमा तिन दिन सम्म बिबिध कार्यक्रम गर्ने निर्णय गरेको पार्टीका कोषाध्यक्ष माइकल कर्माचार्यले गुरुकुल खबरलाई जानकारी दिए ।
कास्की कांग्रेसले साउन ४ गते स्थानीय कलेजका बिधार्थीहरुको बिचमा वक्तृत्वकला प्रतियोगिता, साउन ५ गते नीति निर्माणसम्बन्धि प्रवचन तथा बहस र साउन ६ गते सरसफाई कार्यक्रम गरिने भएको छ ।
बैठकले वक्तृत्वकला प्रतियोगिता गर्नको लागि पार्टीका जिल्ला उपसभापति युवराज कुँवर संयोजक तथा सचिब भानु ढकाल र सहसचिब नवीन सिग्देल सदस्य रहेको समिति गठन गरेको छ । यसैगरी नीति निर्माण सम्वन्धि कार्यक्रमका लागि जिल्ला समितिका कोषाध्यक्ष माईकल कर्माचार्य संयोजक एबम जिल्ला सदस्य द्वय सदस्य बाबुराम गिरी र विकास थापा सदस्य रहेको समिति गठन गरिएको छ ।
सरसफाई कार्यक्रम गर्नको लागि लागि सुरेन्द्र अधिकारी संयोजक तथा धनमाया गुरुङ र ई. सागर मोहन भट्टराई सदस्य रहेको समिति गठन गरिएको कास्छकी कांग्रेसले जनाएको छ ।
बैठकले प्रजातन्त्र सेनानी नेत्रपाणी न्यौपाने, राजीव बास्तोला, रेशम बहादुर थापा र पोखरा महानगरपालिका वडा नं ३० वडा कार्यालयका सदस्य विनोद लामिछानेकी आमाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठक कास्की काँग्रेसका सभापति किशोर दत्त बरालको अध्यक्षतामा बसेको थियो ।
















