Play

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई दिईने

गुरुकुल खबर


पोखरा, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले हरेक बर्ष प्रदान गर्दै आएको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित उक्त पुरस्कार अन्नपूर्ण क्षेत्रको पर्यटन प्रबर्द्दनमा योगदान पुर्याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ ।

यहि जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई दिईने उक्त पुरस्कारको राशि रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ।

नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य राजबहादुर गुरुङको संयोजकत्वमा गठित पुरस्कार योग्य प्रतिभा छनोट समितिको सिफारिसमा गुरुङलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली तथा रोहितराज पराजुली सम्मानित भइसकेका छन् ।

बिस. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन् । उनले युनाइटेड राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन र पछिल्लो समय कान्तिपुर टेलिभिजनमा रहेर पत्रकारिता गरिरहेका छन् । गुरुङ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।  हाल नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव एबम आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन, चलचित्र पत्रकार संघ लगायत विभिन्न संस्थामा उनि आबद्ध छन्

१६ जेष्ठ २०८३, शनिबार १०:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा