Play

कांग्रेसबाट जितेका गुठिचौर गाउँपालिका अध्यक्ष नै रास्वपामा प्रवेश

गुरुकुल खबर


जुम्ला, अघिल्लो स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट बिजयी भएका जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनी २०७९ सालमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनि नेपाली कांग्रेस जुम्लाको नेता पनि हुन।

उनी यस अगाडी नै रास्वपा प्रवेश गर्ने हल्ला चलेको भन्दै कांग्रेस जुम्लाले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । तर बिहिबार रास्वपाले आयोजना गरेको एक कार्यक्रममा उनि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरे ।

आँफुलाई रास्वपामा जान लागेको भनेर स्पष्टिकरण माग्ने र फोटो खिच्न लगाउने प्रति आक्रोश ब्यक्त गर्दै उनले कार्यक्रममा भने, ‘मैले बोलेको भिडिओ नै जुम्ला कांग्रेसको सभापति सहित केन्द्रिय सभापति गगन थापा संग पुर्याईदिनु होला, अब जुम्ला जिल्ला नै रास्वपामाया बनाउछौं”

बुढासंगै अर्को एक जना स्वतन्त्र निर्वाचित वडा अध्यक्षलाई समेत रास्वपामा प्रवेश गरेको बताइएको छ । ‎स्रोतका‌ अनुसार, आगामी निर्वाचनमा रास्वपाबाट पुन: गाउँपालिका अध्यक्ष लड्ने तयारीसहित उनी रास्वपा प्रवेश गरेका हुन् ।

‎’अब कांग्रेसले चुनाव जित्ने अवस्था रहँदैन, अब जनताले रास्वपालाई रोज्ने देखेपछि उहाँ उतै जानुभयो’ स्रोत भन्छ, ‘उहाँको बार्गेनिङ चलिरहेको थियो, कुरा मिलेपछि प्रवेश गर्नुभयो होला। यस अगाडी अरु जिल्लामा कांग्रेसबाट निर्बाचित अन्य दुईजना वडाध्यक्ष समेत रास्वपामा प्रवेश गरेको छन

१५ जेष्ठ २०८३, शुक्रबार ०९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा