Play

‘मन पराएको प्रेमीलाई बोलाइदेउ’ भन्दै मोबाइलको ठुलो टावरको टुप्पो नजिक युवती

गुरुकुल खबर


रुपन्देही, बाँकेकी डुडुवामा एक युवतीले आफूले मन पराएको प्रेमीलाई बोलाइदिनुपर्ने भन्दै त्यहाँ रहेको ठूलो मोबाइलको टावरमा चढेर आफन्त र स्थानीयलाई आश्चर्यमा पारिन् । बाँकेको डुडुवा गाउँपालिका-२ जाफरपुरवामा स्थानीय १८ वर्षीय ती युवतीले ‘मेरो प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावरमा चढिन्, प्रेमीले बोलाएपछि मात्रै तल झर्ने अडान राखेपछि आफन्त र स्थानीयलाई समस्या परेको थियो ।

‘किशोरी मोबाइल टावरमा चढेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो, आफन्त र स्थानीयले तल झराउन धेरै आग्रह गरेर नमानेपछि प्रहरीलाई बोलाएर झार्नुपरेको हो, बिहानभर टावरमा बसेकी उनलाई प्रहरी आएर झारेर लगेको हो’ स्थानीय राकेश शर्माले बताए । ती किशोरीले आफ्नो प्रेमीलाई घटनास्थलमा बोलाएपछि मात्रै तल झर्ने अडान लिएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेर उनलाई झारेको थियो ।

घटनापछि स्थानीयवासी, अभिभावक तथा प्रहरी टोली सो स्थानमा पुगेर किशोरीलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरेका थिए तर उनले नमानेपछि प्रहरी नै पुगेर झारेको हो । टावरमाथि चढेकी किशोरीलाई सम्झाई बुझाइ झारिएको र अहिले अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी जीवराज थापाले जनाए ।

‘स्थानीयको आग्रहपछि पुगेको हाम्रो टोलीले झारेको हो । अहिले उपचारमा पठाइएको छ । प्रेमीलाई बोलाएपछि मात्रै झर्ने भनेर टावरमा चढेकी रहिछन्, हामीले अरू विषय जान्ने कुरा भएन, उनको अवस्था हेरेर अस्पतालमा लगेर राखेका छौँ’ उनले भने । ती युवतीले स्थानीयसँग प्रेमीले बेवास्ता गरेपछि जस्तोसुकै आन्दोलन गर्ने सुनाएको नेपाल प्रेसले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

१४ जेष्ठ २०८३, बिहीबार १६:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा