Play

किर्ते नागरिकता सिफारिस प्रकरण: बिरगंजका मेयर सिंहसहित चारजना बिरुद्ध पक्राउ पुर्जी जारी

गुरुकुल खबर


बिरगंज, पर्सा जिल्ला अदालतले बिरगंज उप महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले मेयर सिंहविरूद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको पुष्टि गरेका छन ।  उनका अनुसार मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेको थियो, तर लिखत सम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो।

लिखत सम्बन्धी कसुरमा अनुसूची (२२) अनुसार पक्राउ पुर्जी जारी भएको हो । वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला अदालत पर्साले जानकारी दिएको हो ।  मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको भन्दै जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

अर्काकी छोरीलाई आंफ्नै सन्तान कायम गरेर झुटो विवरणको आधारमा जन्म दर्ता, नागरिकता, राहदानी लगायतका सरकारी कागजात बनाएको अभियोगमा उनीमाथि जेठ १ गते चारवटा मुद्धा दर्ता भएसंगै उनीविरुद्ध कानुनी कारबाही अगाडी बढेको बुझिएको छ। मेयर सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई,उनकी छोरी रुबिना श्रेष्ठ तथा बिरगंज महानगरपालिकाका तत्कालिन पंजीकरण अधिकारी भिखारी राय बिरुद्ध लिखत सम्बन्धि कसुर, नागरिकता किर्ते र राहदानी किर्ते लगायतका अभियोगमा मुद्धा दायर गरिएको छ

अभियोगमा उल्लेख भएअनुसार मेयर सिंहले रिता भट्टराईलाई आंफ्नो श्रीमतीको रुपमा देखाएर २०७१ साल माघ २० गते रुबिनाको जन्म दर्ता गराएका थिए। सोहि जन्म दर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता र त्यसको १२ दिनपछि राहदानी समेत बनाइएको अनुसन्धानबाट खुलेको छ ।

मेयर सिंह बिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ४१, नागरिकता ऐन २०६३ तथा अपराध पिडित संरक्षन ऐन २०७५ अन्तर्गत बिभिन्न कसुरमा सजायंको मागदाबी गरिएको छ। उनि दोषी ठहर भएमा १५ हजार देखि ५ लाख रुपैयासम्म जरिवाना तथा ६ महिना देखि ३ बर्षसम्मको कैद सजायं हुने कानुनी ब्यबस्था छ ।

यो प्रकरण २०८० साल माघमा वीरगञ्ज–३ निवासी लियाकत अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीपछि बाहिरिएको थियो। प्रारम्भिक अनुसन्धान सुस्त बनेपछि उजुरीकर्ताले उच्च अदालत वीरगञ्ज अस्थायी इजलासमा रिट दायर गरेका थिए। अदालतले तत्काल अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि मात्र प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

यसैबीच, सार्वजनिक कार्यक्रममा निरन्तर देखिने महानगरको मेयरलाई “फरार” वा “अनुपस्थित” देखाएर अभियोगपत्र दर्ता गरिएको विषयले थप शंका उत्पन्न गरेको छ। जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले मेयर सिंहलाई अनुपस्थित जनाउँदै अदालतमा अभियोगपत्र दर्ता गरेपछि उनको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको बताइएको छ।

स्रोतका अनुसार अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी माग्दा सरकारी वकिल गुप्ताले अवरोध सिर्जना गरेको आरोप समेत लागेको छ। पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले आफ्नो कार्यालयले अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी माग गरेको तर स्वीकृति नपाएको पुष्टि गरेका छन्।

यस विषयमा जानकारी लिन जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्तालाई उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन।  त्यस्तै श्रेस्तेदार प्रभाकर मल्लिकसँग सम्पर्क गर्दा “मिसिल हेर्नुपर्छ, पछि कुरा गरौं” भन्दै फोन राखेपछि फेरी सम्पर्क हुन सकेन।

१२ जेष्ठ २०८३, मंगलवार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा