पोखरा, नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघको कार्यकारिणी समितिको सदस्यमा पोखरा उधोग बाणिज्य संघका अध्यक्ष रहेका गोकर्ण कार्कीसहित ६ जनालाई मनोनित गरेका छन ।
महासंघको विधान २०४९ को सातौं संशोधनअनुसार अध्यक्ष श्रेष्ठले पोखराका कार्कीसहित शिव घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, दर्शना श्रेष्ठ र सहारा जोशीलाई महासंघको कार्यकारिणी समितिको सदस्यमा मनोनित गरेका हुन ।
निजि क्षेत्रको छाता संस्थाको रुपमा मानिने नेपाल उधोग बाणिज्य महासंघको विधानमा गरिएको ब्यबस्था अनुरुप महासंघको ६० औं वार्षिक साधारणसभापछि वरिष्ठ उपाध्यक्षबाट स्वत अध्यक्ष बनेका श्रेष्ठ पोखराको व्यावसायिक प्रतिष्ठान लक्ष्मी उधोग समुहका निर्देशक पनि हुन।
पोखरा क्षेत्रबाट महासंघको कार्यकारिणी समितिको सदस्य बन्नको लागी अरु उधोगी ब्यबसायीहरुले समेत चाहना राखेको भएपनि महासंघका अध्यक्ष श्रेष्ठले पोखरा उधोग बाणिज्य संघका बहालवाला अध्यक्षलाई नै महासंघको सदस्यमा मनोनित गरेका छन।
उनको मनोनयनले एउटा जिम्मेवारीमा रहेको व्यक्तिलाई अर्को जिम्मेवारी समेत थप भएको छ । केन्द्रीय सदस्यमा मनोनित भएपछि कार्कीले निजी क्षेत्रका समस्या समाधान गर्नको लागि नीतिगत पैरवी र व्यावसायिक वातावरण निर्माणमा अझ सक्रिय भएर काम गर्ने बताएका छन् ।
यस अगाडी पोखरा क्षेत्रबाट अन्य दुई जना महासंघको कार्यकारिणी समितिको सदस्य निर्बाचित भैसकेका छन महासंघको महाधिबेशनबाट निर्बाचित सदस्यहरुमा पोखरा उबासंघकी पुर्व उपमहासचिब हिरा भट्टराई र लेखनाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेय रहेका छन।
जिल्ला तथा नगर उधोग बाणिज्य संघहरुको तर्फबाट निर्बाचित बनेका छत्रधर खुला सदस्यमध्येबाट र हिरा महिलातर्फको खुला सदस्यबाट निर्बाचित बनेका हुन ।














