Play

अमरसिंहचोकमा रहेका घरटहराका ब्यबसायी बाहिरिए, संरचना हटाउन निर्बाध रुपमा डोजर चल्दै

गुरुकुल खबर


पोखरा, पोखराको अमरसिंहचोकमा अमरसिंह माध्यामिक बिधालयको स्वामित्वमा रहेको जगामा रहेका ५२ वटा घर टहरा स्वतस्फुर्त रुपमा भत्काउन लागिएको छ। ति घर टहरामा बिभिन्न ब्यबसाय संचालन गर्दै आएका ब्यबसायीहरुले पोखरा महानगरपालिकाको सूचना अनुसार आंफ्नो सामानहरु खाली गरेपछि मंगलवार बिहान डोजर लगाएर भत्काउन थालिएको पोखरा महानगर्पलिकाको मेयरका स्वकीय सचिब पूर्ण लामाले जानकारी दिए ।

‘त्यहा रहेका ५२ वटा सटरका संरचनाहरु हटाउन आज विहानैबाट डोजर चलेको छ। करिब ४५ बर्षदेखी उक्त स्थानका बस्दै आएका सबैजसो व्यवसायीहरुले यस अगावै आफ्ना सामानहरु सारेर सटर खालि गरिसकेका छन।’ लामाले गुरुकुल खबरसंग भने।

अमरसिह चोक क्षेत्र पोखराको मुख्य व्यस्त स्थानहरु मध्ये एक हो। यो ठाँउ पृथ्वीराजमार्ग र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा बजार भित्रिने प्रवेश बिन्दु समेत रहेकोले शहरी सुन्दरताका लागि पनि पुरानो संरचना भत्काएर नयाँ बनाउनुपर्ने आवाज उठ्दै आएको थियो।

पृथ्वीराजमार्गको स्तरोन्नतिसंगै मापदण्ड कायम गराउने क्रममा यसअघि पनि महानगरले सामान्य बल प्रयोग गरेर त्यहाँ बनेका संरचनाहरु केहि पछाडी सार्नुपरेको थियो ।

पछिल्लो समय पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पहल, पोखरा १२ का वडाध्यक्ष सन्तोष बाँस्तोला, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला र समितिका सदस्यहरु र व्यवसायीहरुविचमा त्यहाँ रहेका घर टहरा र सटर हटाउने सन्दर्भमा विभिन्न चरणमा छलफल भएको थियो।

उक्त छलफल पश्चात् सहमती कायम भएपछि बिना अबरोध मंगलवार सटर तथा घर टहरा हटाउन लागिएको हो। उक्त स्थानमा सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने योजना रहेको बताइएको छ तर कतिपयले बिधालयको जग्गामा व्यापारिक भवन निर्माण गर्न नहुने प्रतिक्रिया समेत दिन थालेका छन।

५ जेष्ठ २०८३, मंगलवार ०९:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा