Play

मेडिकल ब्यबसायी दुर्गा प्रसाईं बिरगंजबाट फेरी पक्राउ

गुरुकुल खबर


बिरगंज, मेडिकल व्यवसायी एवं अभियानकर्मी दुर्गा प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। सोमबार वीरगञ्जस्थित दियालो होटलमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रसाईं होटलमा बसिरहेकै समयमा ‘इमर्जेन्सी पक्राउ पुर्जी’ भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। मंगलबार वीरगञ्जमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी सोमबार मात्रै त्यहाँ पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंसंग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिईएको हो । प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका हुन्।

पर्सा बसाइका क्रममा प्रसाईंले आफ्नो पार्टी र ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान’ का सदस्यहरूसँग भेटघाट गर्ने कार्यतालिका थियो।सदस्यहरूसँगको भेटघाट र कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले उनलाई होटलबाटै उठाएको हो।

प्रसाईंलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। उनलाई यस अगाडिका सरकारले पनि पटक पटक पक्राउ गर्ने र अदालतको आदेश अनुसार छुट्ने क्रम चलिरहेको थियो ।

४ जेष्ठ २०८३, सोमबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा