Play

गण्डकी मेडिकल कलेज(जिएमसी) हस्पिटल र एनएमबि लघुवित्त वित्तीय संस्थाबीच सम्झौता

गुरुकुल खबर


पोखरा, पोखराको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल (जिएमसी) र एनएमबि लघुवित्त वित्तीय संस्थाका बीचमा स्वास्थ्य लघुवित्तमा कार्यरत कर्मचारीहरु र  सेवाग्राहीको उपचार सेवामा छुट दिने सम्झौता भएको छ । द्विपक्षीय सम्झौता अनुसार लघुवित्तका कर्मचारी र ग्राहकले अस्पतालबाट प्रदान गरिने सेवामा सहुलियत पाउनेछन् ।

जसअनुसारअस्पतालले एनएमबि लघुवित्तका कर्मचारी, प्रवर्धक, सेयरधनी र उनीहरुका परिवारलाई विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ। यसैगरी लघुवित्तका ग्राहकहरुले अस्पतालको सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । वित्तीय पहुँचसँगै स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो ।

सम्झौता पत्रमा एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सजल खड्का र गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन । दुई संस्थाबीचको सहकार्यले संस्थाको वित्तीय सेवामा आबद्ध समुदायलाई सहुलियतपूर्ण रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन मद्दत गर्ने प्रमुख कार्यकारी अधिकृत खड्काले बताए ।

‘यसबाट ग्राहक हित संरक्षण हुनुका साथै संस्थागत सम्बन्ध थप सुदृढ हुने र वित्तीय संस्था मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दा सामाजिक उत्तरदायित्व पनि पूरा गर्न सहयोग पुग्ने उनले उनको भनाई थियो।

२ जेष्ठ २०८३, शनिबार १३:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा