Play

पोखराका ९ हजारमध्ये ७ हजार ४ सय बिधार्थी एसईई पास, कक्षा ११ को भर्ना सम्बन्धमा महानगरको नयाँ निर्देशन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका क्षेत्रमा संचालनमा रहेका विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सहभागी ९ हजार भन्दा बढी बिधार्थीहरु मध्ये बिधार्थीहरु मध्ये ७ हजार ३ सय ८६ जना अर्थात् ७९.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।

पोखरा महानगर भित्रका २२ वटा विद्यालयका ६४ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए हासिल गरेका छन् । १ हजार ६ सय २८ जना विद्यार्थी भने ननग्रेडेड (एनजी) भएका छन् । सार्वजनिक नतिजा अनुसार महानगरका २ सय ३८ विद्यालयबाट ९ हजार १४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

विवरणअनुसार ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९६ छ । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने २ हजार ५ सय ९३ जना र २.८ देखि ३.२ जिपिए ल्याउने २ हजार ३ सय १९ जना छन् । २.४ देखि २.८ जिपिए ल्याउने ६९५ जना र २.४ जिपिएभन्दा कम ल्याउने १९ जना विद्यार्थी रहेको तथ्यांकले देखाउँछ । पोखरा नगर क्षेत्रका अधिकांश विद्यालयको नतिजा उत्साहजनक देखिएको बताइएको छ ।

पोखराका बिधालयहरु मध्ये विद्यार्थी संख्याका आधारमा सबैभन्दा बढी अर्थात ४.० जिपिए ल्याउने  मदरल्याण्ड सेकेन्डरी स्कुल पहिलो स्थानमा देखिएको छ । उक्त विधालयका १२ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । त्यसैगरी गण्डकी बोर्डिङ स्कुल र प्रतिभा आवासीय माविका ५/५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरे ।

ग्लोबल कलिजियट स्कुल, शान्ति निकेतन स्कुल र छोरेपाटन माविका ३/३ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । पोखरा पब्लिक, सिर्जना सेकेन्डरी स्कुल, शिशु निकेतन सेकेन्डरी र त्रिवेणी पब्लिक माविका २/२ जना विद्यार्थीले यो सफलता पाए । यस्तै शिशु कल्याण इङ्लिस स्कुल, बाराही सेकेन्डरी स्कुल, एसओएस हर्मन माइनर, त्रिभुवन शान्ति मावि र कुमुदिनी होम्सका १/१ जना विद्यार्थीले ४.० जिपिए ल्याए।

रेन्बो एकेडेमिक होम्स, भाष्कर मेमोरियल स्कुल, बेसलाइन एकेडेमी, सैनिक आवासीय महाविद्यालय, सगरमाथा निकेतन स्कुल, राइजिङ स्टार एकेडेमी, डिज्नील्याण्ड एकेडेमी, वेलनन एकेडेमी र फेवा शिक्षा सदनका १/१ जना विद्यार्थीले पनि ४.० जिपिए प्राप्त गरेको तथ्यांक सार्बजनिक भएको छ ।

पोखरा महानगर क्षेत्रभित्र संचालित ५ वटा विद्यालयको नतिजा भने निकै कमजोर देखिएको छ । अमरसिंह मावि (खुला विद्यालयतर्फ) बाट ८ जना सहभागी भएकामा कुनै बिधार्थी पनि ग्रेडेड हुन सकेनन् । यो विद्यालयको नतिजा शून्य प्रतिशत रहेको छ ।

५ प्रतिशत नतिजा ल्याएको शुक्रराज बलभद्र मावि दोस्रो कमजोर स्थानमा छ । १७.८६ प्रतिशत नतिजा ल्याएको विष्णु पादुका मावि हेमजा, २१.४३ प्रतिशत उत्तीर्ण भएको माउन्ट हेभन इङ्लिस स्कुल र २२.२२ प्रतिशत नतिजा ल्याएको मैत्रेय पाठशाला पनि तुलनात्मक रुपमा कमजोर नतिजा ल्याउने विद्यालयमा परेको हालै सार्बजनिक भएको नतिजाले देखाएको छ ।

यसैबीच पोखरा महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि एसईई उत्तीर्ण भएका बिधार्थीहरुको लागि कक्षा ११ मा भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । महानगरको निर्देशनअनुसार वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन् । यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन ।

आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको छ । खुला भर्ना भने जेठ ११ गतेपछि मात्र सुरु गर्न पाइने सूचनामा उल्लेख छ । संस्थागत (निजी) विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्तिको लागि छुट्टाइएका सिटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ ।

सबै संस्थागत विद्यालयले २०८३ सालको कक्षा ११ को शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्नेछ । शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाइ गरेको हो । शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले यी निर्देशनहरूको पूर्ण पालना गर्न महानगरभित्रका सबै विद्यालयलाई आग्रह गरेका छन् । उ

नले भर्ना प्रक्रियालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताए । निर्देशन उल्लंघन गर्ने वा छात्रवृत्ति कोटा सुरक्षित नराख्ने विद्यालयमाथि निगरानी गरिने समेत उनले जानकारी दिएका छन् । यो सूचना पोखरा महानगरपालिका क्षेत्रभित्र कक्षा ११ सञ्चालन गर्ने सबै सरकारी र निजी विद्यालयका लागि अनिवार्य रूपमा लागू हुने महानगरले जनाएको छ ।

२९ बैशाख २०८३, मंगलवार १९:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा