पोखरा, नेपाल पर्यटन बोर्डलाई संघियताको मर्म अनुसार पुनर्गठन गरिनुपर्ने आवाज उठेको छ पर्यटन बोर्डको गण्डकी प्रदेश स्तरीय कार्यालय पोखरामा रहेपनि यसले संघियताको मर्म र गण्डकी प्रदेशको आबश्यकता अनुसार काम गर्न नसकेको भन्दै पर्यटन ब्यबसाय संग सम्बन्धित संघसंस्थाले आवाज उठाउन थालेका छन।
नेपाल पर्यटन बोर्डको काम कारबाही र कार्यशैली प्रति पोखरासहित यस क्षेत्रका पर्यटनसंग सम्बन्धित संघसंस्थाले असन्तुष्टि जजनाएर आवाज उठाउने क्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले ज्ञापनपत्र नै बुझाएर बोर्डको पुनर्गठन गरिनुपर्ने माग गरेको हो ।
टान गण्डकीले पर्यटन बोर्डले संघीयताको मर्म अनुसार काम गर्न नसकेको मात्र हैन स्थापना गर्दा बोर्डले लिएका उद्देश्य अनुसार समेत काम हुन सकेको छैन तसर्थ पर्यटन बोर्ड संघियताको भावना अनुरुप पुनर्गठन गरिनु आबश्यक छ । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गुरुकुल खबरसंग भने
आचार्य सहितको टोलीले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाललाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारले पनि पर्यटन क्षेत्रको आवश्यकतालाई बुझ्न नसकेको बताए ।

टोलीले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिसकेको भएपनि पोखरामा आउने पर्यटकको यथार्थ तथ्याङक संकलन हुन नसक्नु दुखद रहेको भन्दै पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन मैत्री नीति सहित आबश्यक कार्यक्रम र बजेट समेत संघ र प्रदेश सरकारले बिनियोजन गर्नुपर्ने कुरामा जोड दिए ।
पर्यटनको क्षेत्रमा काम गर्ने अगुवा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) साझेदारीमा कार्य गर्ने गरी बोर्डको स्थापना भए पनि जुन उद्देश्यका साथ बोर्डको स्थापना गरिएको हो त्यस अनुसार बोर्डले काम गर्न नसकेको भन्दै बोर्डको पुनर्गठन हुनुपर्ने माग गरेको छ।
बोर्डले लिएको उदेश्य अनुसार राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पर्यटन प्रबर्द्दन, प्रचार सामाग्री निर्माण र नयाँ गन्तब्यको खोजी गर्ने हो यस सम्बन्धमा पनि बोर्डको काम प्रभावकारी हुन् सकेको छैन टानका अध्यक्ष कृष्ण आचार्यले गुरुकुल खबरसंग भने । अन्तराष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार हुन नसक्दा विदेशी पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुन नसकेको उनीहरुले बताए ।














