Play

तेक्वान्दो संघ गण्डकीमा नयाँ कार्यसमिति चयन- अध्यक्षमा जगन गुरुङ, तेक्वान्दोका खेलाडी र प्रशिक्षकलाई प्रशिक्षण

गुरुकुल खबर


पोखरा, तेक्वान्दो खेलको विकास र बिस्तारको लागि गठित नेपाल तेक्वान्दो संघ अन्तर्गत गण्डकी प्रदेश तेक्वान्दो संघको पाँचौं साधारण सभा एबम दोश्रो अधिबेशनले संघको नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा आइतबार सम्पन्न अधिवेशनबाट जगनबहादुर गुरुङ आगामी कार्यकालका लागि पनि अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका हुन ।

अध्यक्षमा निर्बाचित गुरुङ पोखरामा कम्प्युटर ब्यबसायीको रुपमा स्थापित छन। उनि बिभिन्न ब्यबसायिक एबम सामाजिक संघसंस्थामा समेत क्रियाशील छन।  अध्यक्षमा निर्बाचित भएपछि गुरुंगले गण्डकी प्रदेशमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी गंगाबहादुर गुरुङले पाएका छन् । संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दिक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचन समितिले तोकिएको संख्यामा मात्र उम्मेदवारी दर्ता भएको र विधान बमोजिम निर्वाचन गर्नुपर्ने पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले अध्यक्ष सहि अन्य पदमा पनि निर्विरोध निर्बाचन भएको घोषणा गरेको हो । ‘हामीले विधानको परिधिभित्र रहेर सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरेका छौँ,’ निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

तेक्वान्दोका खेलाडी र प्रशिक्षकको लागि बिशेष तालिम

यसैबीच नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका प्रशिक्षक तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका प्रशिक्षक तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो । वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ  १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको बुझिएको छ।

तालिमको समापनका अबसरमा आयोजित समारोहमा गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री रेखा गुरुङले खेलकुद क्षेत्रमा मन्त्रालयले साथ र सहयोग गर्ने वताइन । उनले तालिमका कारण आगामी दिनमा तेक्वान्दो खेललाई अफ परिस्कृत बनाउन सहय्प्ग पुग्ने बिश्वास व्यक्त गरिन। कार्यक्रममा नेपाल तेक्वान्दो संघका निवर्तमान उपाध्यक्ष सल्लाहकार हरिश्वर पोख्रेलले पनि आफ्नो भनाइ राखेका थिए।

तालिममा अन्तराष्ट्रिय निर्णायक कुमार लामा घिसिङ, अन्तराष्ट्रिय निर्णायक रेखमाया गुरुङ र राष्ट्रिय निर्णायक बलराम लामाले प्रशिक्षण गराएका थिए । तालिममा गण्डकी प्रदेशका ५९ जना प्रशिक्षक तथा खेलाडीहरुको सहभागीता रहेको थियो ।

२० बैशाख २०८३, आईतवार १८:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा