Play

सुकुम्बासी बस्तीको आंफ्नो घर डोजरले भत्काएको हेर्न नसकेर बृद्धले गरे ‘आत्महत्या’

गुरुकुल खबर


काठमाडौं, सुकुम्बासी बस्तीमा डोजर लगाउने बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीका कारण काठमाडौँमा एकजनाले आत्महत्या गरेका छन। काठमाडौँको  बल्खुमा आज शुक्रबार खाली गरिएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

शुक्रबार बिहान बल्खुको सुकुम्बासी बस्तीमा डोजर लगाएर बस्ने घर भत्काईदिएपछि घर भत्केको कसरि हेर्नु भन्दै बिलौना गरेका ६१ बर्षीय इन्द्रबहादुर राई केहि समयपछि सोहि बस्ति नजिकको बागमती खोलामा मृत भेटिएका हुन। उनकी श्रीमती सरिता राईले शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै घरबाट निस्किएका र दिउँसो बागमती खोलामा मृत भेटिएको बताइन ।

‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’ राईले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ  पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् ।

स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो । उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् ।

१८ बैशाख २०८३, शुक्रबार १७:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा