Play

दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार बस्नेत र बराललाई सम्मान गरिने

गुरुकुल खबर


पोखरा, प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरि नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समिति सिफारिसलाई अनुमोदन गर्दै उक्त निर्णय गरेको हो ।

पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र सम्मान पत्र छ । पत्रकारद्वयलाई आगामी वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको दिन सम्मान गरिने पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए । प्रतिभा छनोट समितिमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य थिए ।

तनहुँको व्यास नगरपालिका दमौलीमा जन्मिएका बस्नेत विगत तिन दशकदेखि पत्रकारितामा सक्रिय छन्  । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत बस्नेतले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए ।

यसैगरी पोखरा ७ नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारिमा सक्रिय छन् ।  बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन्। पत्रकारद्वयलाई पत्रकारितामार्फत् समाज, राष्ट्र र लोकतन्त्रमा पुर्याएको योगदान स्वरुप सम्मान गर्न लागिएको अध्यक्ष बरालले बताए ।

१५ बैशाख २०८३, मंगलवार १६:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा