Play

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच पोखरामा भेटबार्ता भएको छ ।

प्रदेश प्रमुखको निवासमा भएको भेटबार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएको भन्दै उपाध्यक्ष भण्डारीलाई बधाई ज्ञापन गर्नुको साथै कार्यकालको सफलताको कामना गरेका थिए ।

प्रदेश प्रमुख र राष्ट्रिय सभाका उपाध्यक्षको बिचमा संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यको साथै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन र बिभिन्न नीति निर्माणसँग सम्बन्धित विषयहरू कुराकानी भएको प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रन्जन अधिकारी क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिए  ।

प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हुने भएकोले आआफ्नो ठाउँबाट प्रदेशको अधिकार र कर्तब्य प्रभावकारी बनाउन लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

१४ बैशाख २०८३, सोमबार १६:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा