Play

कृषकहरुको लागि मोती खेति सम्बन्धि तीनदिने तालिमको आयोजना

गुरुकुल खबर


पोखरा, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत मत्स्य अनुसन्धान केन्द्र, वेगनास, पोखराको आयोजनामा सञ्चालित दुई दिने कृषकस्तरीय मोती खेती तालिम सम्पन्न भएको छ। उक्त तालिमले स्थानीयस्तरमा गरिने मोती खेतीमा नयाँ प्रविधि भित्र्याउने, सीप अभिवृद्धि गर्ने तथा आयआर्जनका वैकल्पिक स्रोत विस्तार गर्ने सम्बन्धमा ग्यान हासिल गर्ने लक्ष्य लिएको छ ।

तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि नार्ककी डाइरेक्टर डा. निना अमात्य गोर्खालीले मोती खेतीलाई विज्ञानमा आधारित, सम्भावनायुक्त र दिगो व्यवसायका रूपमा व्याख्या गरिन। उनले प्राकृतिक स्रोतको सदुपयोग गर्दै मोती उत्पादन गर्न सकिने र यसले आर्थिक तथा वातावरणीय दुवै लाभ दिने बताइन। “मोती खेतीमा समस्या आएमा नार्कले प्राविधिक सहयोग उपलब्ध गराउँछ, हाम्रो काम ज्ञानलाई पूर्णता दिनु हो,” उनले भनिन ।

कार्यक्रमका अध्यक्ष तथा मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकवाल हुसेनले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक उपलब्धि देखिने धारणा राखे। उनले रूपाताल क्षेत्रलाई मोती उत्पादनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिँदै स्थानीय सिपीको संरक्षण, प्रजनन विस्तार तथा दिगो उपयोगमा जोड दिनुपर्ने बताए ।

उनका अनुसार पछिल्लो समय स्थानीय सिपीको संख्या घट्दै गइरहेको छ, जसले जैविक विविधतामा समेत असर पारिरहेको छ। त्यसैले मोती खेतीसँगै सिपी संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए । साथै, कृषकलाई नवीन उद्यमशीलतामा जोड्दै व्यावसायिक रूपमा मोती उत्पादनतर्फ उन्मुख हुन पनि उनले आग्रह गरे ।

तालिममा सहभागी कृषकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमार्फत महत्वपूर्ण सीप हासिल गरेका थिए। प्रशिक्षण अवधिमा ताजा पानीमा पाइने सिपीको पहिचान, पालन–पोषण, न्यूक्लियस प्रत्यारोपण (ल्गअभिगक क्ष्mउबिलतबतष्यल) प्रक्रिया तथा त्यसपछि आवश्यक हेरचाहका विधिहरू सिकाइएको थियो । यी प्रक्रिया अत्यन्तै संवेदनशील हुने भएकाले दक्षता र सावधानी आवश्यक पर्ने प्रशिक्षकहरूले बताएका थिए ।

मोतिपालक कृषक कविराज खनाल, ढकबहादुर थापा, र कृषक सितादेवी डुम्रे लगायतले तालिमबाट आफूहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको अनुभव व्यक्त गरेका थिए । उनीहरूले मोती खेतीलाई वैकल्पिक आयस्रोतका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा व्यवहारमा उतार्ने बताएका छन् ।

कार्यक्रममा तालिममा सहभागी कृषकहरूलाई प्रमुख अतिथिद्वारा प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो। कार्यक्रमको संयोजन वेगनास मत्स्य अनुसन्धान केन्द्रकी भगवती थापाले गरेकी थिइन्।

समापन समारोहमा वक्ताहरूले मोती खेतीले विज्ञान, सीप र दिगो जीविकोपार्जनलाई एकैसाथ जोड्ने उल्लेख गर्दै यसले ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे । तालिमलाई केवल सैद्धान्तिक सीमामा नराखी व्यवहारिक अभ्यासमा केन्द्रित गरिएको र सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

आयोजक संस्थाले आगामी दिनमा पनि प्राविधिक सहयोग, अनुगमन तथा परामर्श उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूलाई सिकेका सीप आफ्ना समुदायमा विस्तार गर्न आग्रह गरेको छ। साथै, मोती खेतीलाई नयाँ सम्भावनायुक्त व्यवसायका रूपमा स्थापित गर्दै लेखनाथ तथा आसपासका क्षेत्रलाई मोती उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

वक्ताहरूले तालिमको सफलता सहभागीहरूको व्यवहारिक उपलब्धि, उत्पादन वृद्धि र समाजमा पार्ने सकारात्मक प्रभावबाट मापन हुने उल्लेख गर्दै यसलाई मोती खेतीतर्फको नयाँ यात्राको सुरुवातका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

१२ बैशाख २०८३, शनिबार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा