पोखरा, क्षत्री समाज नेपाल कास्कीको दोस्रो वार्षिक साधारण सभा तथा नयाँ बर्ष २०८३ को भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिव वहादुर थापाको प्रमुख आतित्यथातामा सम्पन्न साधारणसभाबाट कास्की जिल्ला समितिले गरेका बार्षिक कार्यक्रमहरुको प्रतिवेदन सहित दुई बर्षको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा केन्द्रिय समितिका कोषाध्यक्ष एवं कास्की जिल्लाका लागि केन्द्रीय प्रतिनिधि शंकर बहादुर केसी, गण्डकी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष दिल वहादुर अधिकारीले गरेका थिए ।

कार्यक्रममा क्षत्री नेपाल समाज जिल्ला समिति कास्की अन्तर्गतका भातृ समाजहरू जिल्ला महिला समिति, जिल्ला भुपु समिति, जिल्ला युवा समिति, पोखरा महानगर समिति, अन्नपूर्ण, मादि, माछापुच्छ्रे, रुपा गाउँपालिका समिति, पाेखरा महानगर महिला समिति सहित पाेखरा महानगरका ३३ वटा वडा समितिका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भित्तेपात्रो प्रकाशन गर्न पदम बहादुर कार्कि संयोजक तथा बेल बहादुर थापा, ज्ञान बहादुर कार्कि, गिता थापा, रामचन्द्र ढकाल क्षत्री सदस्य रहेको उपसमिति गठन गरिएको थियो । क्यालेन्डर प्रकाशनमा महत्वपूर्ण सहयोग पुर्याउने जिल्ला समिति सदस्य ध्रुबबहादुर थापा, कार्यक्रम संयोजक पदम बहादुर कार्कि, केन्द्रिय अध्यक्ष रिव बहादुर थापालाई मायाको चिनो सहित सम्मान गरिएको संचारकर्मी तिर्थ केसीले गुरुकुल खबरलाई जानकारी दिए ।














