Play

पोखराको सभागृहचोकमा हतियार प्रहार गरि महिलाको हत्या, को हुन, जिरो किमी घर भनिएकी मृतक महिला?

गुरुकुल खबर


पाेखरा, पोखराको सभागृहचोकमा बुधबार साझ पोखराको मुख्य बजार सभागृह नजिक एक महिला (युवती) को विभत्स तरिकाले हत्या भएको छ । बुधबार बेलुका ७ को समयमा एक अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

आक्रमण बाट गम्भीर घाइते भएकी ति महिला पोखरा ५  जिरो किमी नजिक घर भएका स्व, कृष्ण केसीकी श्रीमती ४२ वर्षीया सिर्जना पौडेल केसी रहेको स्थानीय तीर्थ केसीले गुरुकुल खबरलाई जानकारी दिए । उनि पछिल्लो समय पोखरा महानगरपालिकाको फेवाताल किनारा सेदीमा घर बनाएर बस्दै आएकी थिईन।

मृतक सिर्जना स्थानीय मासु एबम रेस्टुरेन्ट ब्यबसायी स्व. कृष्ण केसी (खसी कृष्णको नामले परिचित) पहिलो श्रीमतीको मृत्यु भएपछी उनले दोश्रो श्रीमतीको रुपमा तनहुँ माइती भएकी सृजनालाई भित्र्याएका थिए। तर, दोश्रो श्री।मती ल्याएपछि पहिलो श्रीमतीको छोरासहि परिवारमा बेमेल भएपछी उनले कान्छी श्रीमतीलाई सेदी नजिक घर जग्गाको बन्दोबस्त गरेर राखेको बुझिएको छ ।

यता जेठी श्रीमतीको छोरापनि लागु औषध मुद्दामा हाल कारागारमा जेल सजायं भोगिरहेको उनका निकटस्थहरुले जानकारी दिएका छन। कान्छी श्रीमतीको रुपमा रहेकी मृतक सिर्जनाको ३/४ बर्षकी छोरी रहेको बुझिएको छ।

हाल पोखराको मालेपाटन नजिक जिरो किमीस्थित स्व. कृष्णको घरमा उनका उमेर पुगेका बुवा र आमामात्र घरमा रहेको सोहि ठाउँ नजिकै रेस्टुरेन्ट ब्यबसाय गर्दै आएकी खिमा पाण्डेले गुरुकुल खबरलाई जानकारी दिईन ।

बुधबार बजारमा आएकी सिर्जनाले स्थानीय पसलबाट केहि सामन किनेर पोखरा महानगरपालिका – ८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने सडकको दायाँतर्फ सडकपेटीमा उभिरहेको बेला उनीमाथि एक्कासी हतियार प्रहार गरिएको थियो।

हतियार प्रहार गरेपछि ति युवक दुई पांग्रे सवारी साधन (मोटरसाइकल वा स्कुटर) चढेर भागेको बताइएको छ । हतियारको आक्रमण बाट गम्भीर घाइते भएकी ति महिला घटनास्थलमा चिच्याउदै गर्दा स्थानीय बासिन्दाको ठुलो भिड घटनास्थलमा जम्मा भएको थियो।

एकजना प्रत्यक्षदर्शीले भने, ‘ती युवती उभिरहेको बखत पछाडिबाट एक्कासि हानेर भागेको देखेँ । प्रहारबाट उनी चिच्चाउँदै ढलिन् । हान्ने युवक मोटरसाइकल हो कि स्कुटर ठम्याउन सकिनँ, चढेर तलतिर (शिवालयचोकतर्फ) भाग्यो ।’

घटना लगत्तै त्यहाँ पुगेको प्रहरीले स्थानीयको सहयोगमा सडकमा धलिरहेकी युवतीको उद्द्वार गरेर अस्पतालमा लागेको भएपनि डाक्टरले उनको मृत्यु भैसकेको बताएको कास्कीका प्रहरी नयां उपरिक्षक एबम सूचना अधिकारी हरीबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए।

प्रहरीले उक्त स्थान घेराबन्दी गरी घटनास्थल मुचुल्का विवरण संकलन गरेर घाइते युवतीलाई अस्पताल पठाएको थियो । डिएसपी बस्नेतले घटनामा हत्याकाण्डमा संलग्नको खोजी भइरहेको बताए ।

२६ चैत्र २०८२, बिहीबार ०९:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा