Play

सुर्खेतकी इनिशा बिकको शब २७ दिनपछि आफन्तले बुझ्दै

गुरुकुल खबर


सुर्खेत, सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि आफन्तले शव बुझ्ने भएका छन्। बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ। वीरेन्द्रनगर नगरपालिका–१ क्षेत्रमा गत फागुन २३ गते इनिशा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो।

दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए। पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलनमा समय लाग्दा शव लामो समयसम्म अस्पतालमै राखिएको थियो।

कानुनी प्रक्रिया पूरा भएपछि २७ दिनपछि मात्रै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जानकारी दिएको छ।

१९ चैत्र २०८२, बिहीबार ११:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा