पोखरा, जेनजीपुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनताका काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको बताइएको छ।
जेनजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरे अनुसार उनलाई पक्राउ गरिएको हुन सक्ने बताइएको छ ।
शान्तिपूर्ण आन्दोलन गर्ने भनेर माइतीघरमा भेला भएका स्कुले बालबालिकालाई उक्साएर बानेश्वरको संसद भवनसम्म पुर्याएर आक्रमण र तोडफोड सहित हिंसात्मक बनाउने अबस्था सिर्जना गराउनेलाइ पनि कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज पनि नागरिकस्तरबाट उठिरहेको छ। तर आयोगले यसबारेमा मात्र नभएर २४ गते सरकारी एबम निजि संरचन ध्वस्त पारिने र विध्वंश गर्नेहरुको बारेमा आयोग मौन रहेको प्रतिबेदनको समेत आलोचना भैरहेको छ।
भदौ २३ गते काठमाडौँको बानेश्वरमा स्कुले बालबालिका ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना भइरहेको छ । तर, कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका छन ।















