Play

पोखराको ड्यामसाईडमा जुवातास खेल्दै गरेका ११ जना साढे तीन लाख रुपैया सहित पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. १७ ड्यामसाईडमा जुवातास खेलिरहेको अबस्थामा ११ जनालाई करिब साढे तिन लाख रुपैयासहित प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई ३ लाख ४६ हजार ९६५ रुपैया नगद सहित नियन्त्रणमा लिईएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एबम कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७.३० बजे उनीहरुलाई १० बुक तास सहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।

उनीहरुलाई सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पांच दिनको म्याद थप गरेर आबश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

८ चैत्र २०८२, आईतवार १९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा