Play

कोरियन प्रविधिको थर्मल थेरापी सेवा पोखरामा शुरु, निशुल्क सेवा लिनेको संख्या दैनिक सयको नजिक

गुरुकुल खबर


पोखरा, मानिसको शारीरिक समस्यामा थेरापीको माध्यमबाट सुधार ल्याउने उद्देश्यका साथ पोखराको न्युरोडमा बाराही लाइफ केयर प्रालिले कोरियन प्रबिधिको थर्मल थेरापी सेवा शुरु गरेको छ। कोरियन प्रबिधिमा बिभिन्न किसिमको थेरापीहरु संचालन हुँदै आएको भएपनि थर्मल थेरापी नयाँ प्रबिधि रहेको र पोखरामा केहि महिना अगाडी मात्र शुरु गरिएको बाराही लाइफ केयरकी प्रबन्ध निर्देशक सानुमाया अधिकारीले गुरुकुल खबरलाई जानकारी दिईन ।

मानिसले भोग्नुपरेका बिभिन्न शारीरिक समस्यामा सुधार ल्याउन थर्मल थेरापी प्रबिधि अन्य प्रबिधि भन्दा उपयोगी देखिएको कारण पोखरामा सेवा शुरु भएको छोटा समयमा नै आमपोखरेली सर्बसाधारणको आकर्षण बढेको उनको भनाई छ। पोखराको न्युरोडमा संचालित बाराही लाइफ केयरले दिने थर्मल थेरापी अर्थात प्राकृतिक उपचार सेवा बिहान ७ बजेबाट बेलुका ६ बजेसम्म चल्ने र दिनहु १ सय जना भन्दा बढीले सेवा लिने गरेको अधिकारीले बताइन।

‘मानिसको शरीरमा तापक्रम घट्यो भने बिभिन्न स्वास्थ्य समस्या एबम रोगहरु देखिने हुन्छ। तसर्थ शरीरलाई तताएर वा सेकेर थेरापी (मसाज) गर्दा शारीरिक अबस्थामा सुधार आउँछ र शरीर एबम स्वास्थ्य सुन्दर बन्छ’ अधिकारीले भनिन। उनका अनुसार कोरियन मिगुन कम्पनीले उत्पादन गरेका सुबिधासम्पन्न उपकरणको माध्यमबाट थेरापी गरिन्छ कोरियन भाषामा मिगुनको अर्थ ‘स्वास्थ्यको लागी सुन्दर” भन्ने हुन्छ।

काठमाडौँ सहित देशका २३ स्थानमा यस किसिमको सेवा संचालन भैरहेको र पोखरामा पहिलो र एक मात्र बाराही लाइफ केयरले सेवा दिईरहेको सोहि संस्थाका तालिम निर्देशक कमल खनालले बताए । उनका अनुसार मानिसको टाउको दुख्ने, माइग्रेन, मानसिक तनाव भएकाहरु तथा निद्रा नलाग्ने र आँखा कान घांटी सम्बन्धि समस्या भएका हरुको साथै टन्सिल, पिनास, एलर्जी भएकाको स्वास्थ्यमा पनि यो थेरापीले सुधार ल्याउँछ।

यसका साथै नसा च्यापिएको, शरीर झमझमाउने, सुगर, प्रेसर, कोलष्टर, मुटु सम्बन्धि समस्या, निमोनिया, दम, ग्याष्ट्रिक, मोटोपनको समस्या, बाथ, भेरिकोज भेनको समस्यामा समेत थेरापीको माध्यमबाट सुधार आउने दाबि उनीहरुको रहेको छ।

थेरापी गर्न आउनेहरुको लागि एन्जिला सुब्बा, सोनु थापा, कबिता थापा र बिना आले लगायतले थेरापी गर्ने बिधि र प्रक्रिया सहित आबश्यक सहयोग गर्ने गरेको छन। सोहि काममा संलग्न एन्जिला र सोनुले गुरुकुलसंग कुरा गर्दै बिभिन्न उमेर समूहका महिला पुरुषहरुले थेरापीको सेवा लिन आउने गरेको र उनीहरुले सन्तुष्टि प्रकट गर्दा आँफुहरुलाई खुसि लाग्ने बताए ।

थेरापी सेवा लिनको लागि उक्त स्थानमा जाने पोखरेलीहरुको संख्या बढ्दै गएको बताइएको छ बिभिन्न संघसंस्था र राजनीतिक दलको बिभिन्न जिम्मेवारीमा रहेका हरु समेत आंफ्नो स्वास्थ्यमा सुधार आउने बिश्वासले त्यहाँ पुगेर थेरापी सेवा लिने गरेको छन थेरापी सेवा लिन पुगेका नेपाली काँग्रेसका पोखरा महानगरसभापति एबम ब्यबसायी सुरेन्द्रमान बिजुक्छेले थेरापी सेवा लिएपछि हल्का र तन्दुरुस्त महसुस भएको बताए।

यसैगरी संचारकर्मी राजबहादुर गुरुङ र पुण्य पौडेलले थेरापी सेवा उपयुक्त लागेको र यस किसिमको उपकरण घरमै राखेर परिवारका सदस्यले आंफ्नो अनुकुल समयमा थेरापी गर्न उपयुक्त हुने बताए ।

केहि दिनदेखि त्यहाँ पुगेर थेरापीको सेवा लिंदै आएका पोखराका रेडियोकर्मी तिर्थ केसी र मोतिसागर अधिकारीले थेरापी सेवाले शारीरिक अबस्थामा सुधार ल्याउन सहयोग पुगेको अनुभुती भएको भन्दै त्यहाँ कार्यरत कर्मचारीको व्यवहार र सेवा प्रशंसनीय रहेको बताए ।

 

८ चैत्र २०८२, आईतवार १९:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा