Play

नेपाल लाइफ इन्स्योरेन्सका बिमा अभिकर्ताको नयाँ प्रदेश समिति, अध्यक्षमा दिपक

गुरुकुल खबर


पोखरा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत बिमा अभिकर्ताहरुको संस्था पेशागत बिमा अभिकर्ता संघ नेपालको गण्डकी प्रदेश समितिको दोस्रो प्रदेश अधिबेशन बिहीवार पोखरामा सम्पन्न भएको छ ।

अधिबेशनले नयाँ कार्यसमितिको समितिको अध्यक्षमा दिपक प्रसाद पराजुलीलाई निर्बिरोध निर्बाचित गरेको छ पराजुली यस अगाडी संघको पोखरा शाखा कार्यासमितिको अध्यक्ष रहेर काम गरेका थिए ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मन्जु कोइराला, उपाध्यक्षमा भूमिराज शर्मा पौडेल, महिला उपाध्यक्षमा श्रीमाया श्रेष्ठ, सचिबमा रबिन्द्र लम्साल र सहसचिबमा इश्वरी खड्काको साथै कोषाध्यक्षमा निलकण्ठ उपाध्याय चयन भएका छन ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा लोकमाया महतो, शान्ति गौतम बाँस्तोला, दिनेश तिवारी, मिना रोका, पवित्रा भण्डारी र मिरा अधिकारीलाई चयन गरेको बुझिएको छ।

अधिबेशनको उद्घाटन संघका केन्द्रीय कोषाध्यक्ष बिमला अम्गाईले गरेकी थिईन । त्यस अबसरमा प्रमुख अतिथि अमगाईको साथै केन्द्रिय सदस्य दामोदर सापकोटा र कृष्ण बहादुर रिमाल, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड.गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी, प्रकाश सिटौला र उपेन्द्र तिमिल्सिना लगायतका बक्ताले बिमाको महत्व र बिमा अभिकर्ताको कर्तब्य सहित बिभिन्न बिषयमा आआफ्नो भनाई राखेका थिए ।

अधिबेशनको उद्घाटन समारोहको अध्यक्षता संघका गण्डकी प्रदेश अध्यक्ष समिप अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन सचिब रबिन्द्र लम्सालले गरेको नबनिर्बाचित अध्यक्ष दिपक प्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

७ चैत्र २०८२, शनिबार १८:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा