पोखरा, गण्डकी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८३ सालका लागि सार्वजनिक बिदाको अबधि बढाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै असार २९ गते भानु जयन्तीको दिन, कार्तिक ८ गते कोजाग्रत पूर्णिमाको दिन र माघ १२ गते गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा गरि ३ दिन प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय सार्बजनिक गरेको हो ।
मन्त्रिपरिषद्को २०८२ चैत ३ गते बसेको बैठकले यी बिदाहरु दिने निर्णय गरेको थियो । यो निर्णय गण्डकी प्रदेशभित्र रहेका संघीय सरकारका कार्यालय, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा लागु हुने चैत ५ को मितिमा जारी राजपत्रमा उल्लेख छ । प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर यी थप बिदाहरुको व्यवस्था गरेको हो ।
‘गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा संवत २०८३ सालमा बिदा दिने गरी निर्णय भएको छ,’ प्रदेश सचिव ऋषिराज आचार्यले जारी गरेको राजपत्रमा भनिएको छ ।















