पोखरा, पोखरा महानगरपालिका -५ प्रस्यांगमा लागु औषधको बेचबिखन भैरहेको भन्ने सुचनाको आधारमा कास्की प्रहरीले चेकजाँच प्रक्रिया अगाडी अगाडी बढाउँदा तीनजना महिलाहरुलाई लागु औषध र केहि नगद सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका -४ घर भई हाल पोखरा महानगरपालिका- १८ बस्ने तीनजना महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वर्ष ३१ की नरकुमारी घर्ती, वर्ष १८ की अस्मिता घर्ती मगर र वर्ष ४१ की कुन्तमाया पाइजा रहेको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार निजहरुको साथबाट लागूऔषध डाईजेपाम २२४ एम्पुल, फेनारगन २२४ एम्पुल, ब्रुफिन २२४ एम्पुल गरी जम्मा ६७२ एम्पुलको साथै नगद आठ हजार पाँचसय रुपैया र तिनवटा मोवाईल समेत बरामद भएको छ।
पक्राउ परेका तिनजनालाई नै कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाएको पनि प्रहरीले जनाएको छ ।















