Play

लेखनाथ महोत्सब: ब्यबसायीको मनोबल उकास्ने र बिभिन्न बस्तु र सेवाको सहज आपुर्ती गर्ने माध्यम बन्ने बिश्वास

पुष ३ गते बिहिबारबाट पुष १४ गतेसम्म महोत्सब संचालन हुने, साढे दुई लाख दर्शक र ९ करोडको कारोबार हुने अनुमान


गुरुकुल खबर


लेखनाथ, पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ क्षेत्रका उधोगी ब्यबसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गतेसम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ हुन लागेको महोत्सवको तयारी पुरा भएको मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

पत्रकार सम्मेलनमा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलन पश्चात गिरेको ब्यबसायीहरुको मनोबल उकास्न र यस क्षेत्रका सर्बसाधारणलाई राष्ट्रिय एबम अन्तराष्ट्रिय उत्पादनहरुको सहज र सुलभ मुल्यमा आपुर्ती गर्ने उद्धेश्यले महोत्सब आयोजना गरिएको बताइन ।

महोत्सबमा लेखनाथ क्षेत्रका उधोगी, पर्यटन ब्यबसायी र कृषकहरुलाई लक्षित गरेर तीनवटा महत्वपूर्ण बिषयमा सम्बाद गरिने जानकारी दिंदै अध्यक्ष पराजुलीले भनिन, “उधोगहरुको वर्तमान अबस्था चुनौतीपूर्ण छ।, बैंकहरुमा अत्यधिक तरलता भएपनि ब्यबसायीहरुले लगानी थप गर्न चाहेको छैनन यसका साथै लेखनाथ क्षेत्रमा पर्यटकीय बिकासको लागि थुप्रै सम्भावना भएपनि आबश्यक पुर्वाधार र नीतिको अभावको कारण लेखनाथ क्षेत्रमा पर्यटन विकासले गति लिन सकेको छैन तसर्थ महोत्सबमा यस्ता बिषयमा सरोकारवाला संग सम्बाद गरेर उपयुक्त निकास निकाल्ने प्रयास गर्नेछौं।”

यसैगरि लेखनाथ महोत्सबको प्रारम्भिक चरण सुन्तला महोत्सबबाट भएकोमा अहिले लेखनाथ क्षेत्रको बिकास सुन्तला, कफी, माछा लगायतका कृषि उत्पादनको माध्यमबाट समेत गर्न सकिने सम्भावना रहेकोले यस बिषयमा पनि गम्भीर बहस र सम्बाद गरेर सरोकारवालालाई उपयुक्त मार्ग अबलम्बन गर्न लगाउने सम्बन्धमा पनि आबश्टयक पहल गरिने अध्यक्ष अधिकारीले उल्लेख गरिन ।

लेखनाथ महोत्सवलाई उत्पादक र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको बताउंदै ब्यापारीहरुले आम्दानी गर्न पाउने, उत्पादकले आफ्नो उत्पादनको प्रचार प्रसार गर्न पाउने, आमसर्बसाधारणले एकै थलोमा बिभिन्न किसिमका बस्तु र सेवा पाउने, ब्यबसायीहरुको गिरेको मनोबल उकास्नको लागि आबश्यक चेतना र जानकारीमुलक कार्यक्रम गरिने साथै धेरैजनाले बिभिन्न बिषयमा सिक्न र सिकाउन पाउने भएकोले पनि लेखनाथ महोत्सबलाई अनौपचारिक बिश्वबिद्यालयको रुपमा लिईने गरेको अध्यक्ष पराजुलीले दाबि गरिन।

विहिबार देखि सुरु हुने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ ।

त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक ध्रुबबाबु भट्टराईले जानकारी दिए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने भट्टराईको भनाई थियो । कार्यक्रममा महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौला, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतराज ओझा र वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले पनि महोत्सबको बिबिध पक्ष र तयारीको बारेमा जानकारी गराएका थिए  ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजक, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रबर्द्दक तथा विभिन्न संघसंस्थाको सहयोग रहने बुझिएको छ । महोत्सव स्थलमा प्रवेश गर्न विद्यार्थीका लागि रु ५० अन्य सर्बसाधारणलाई रु १ सय एबम कन्सर्ट हेर्न जानेहरुको लागि रु. २ सयको टिकट तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार ..

लेखनाथ क्षेत्रका महिला संघसंस्था र आमा समुहको भेला: महोत्सब सफल पार्न सक्रिय रहने प्रतिबद्दता

पुषको पहिलो साता हुने लेखनाथ महोत्सबको तयारीमा तिब्रता, ५ प्रतिशत स्टलमात्र बुकिंग हुन बाँकी

लेखनाथ महोत्सवको तयारी शुरु: कार्यसम्पादन समिति र बिभिन्न उपसमितिका संयोजकहरु चयन (नाम सहित)

लेखनाथ महोत्सव पुषको पहिलो साता हुने, ९ करोडको कारोबार र ९५ लाख आम्दानी गर्दा १० लाख मात्र बचत हुने

१ पुष २०८२, मंगलवार २१:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा