Play

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रहरीलाई कम्प्युटर र सन्देशमुलक बोर्ड सहयोग

गुरुकुल खबर


पोखरा, नेपाल लाइफ इन्स्योरेन्सले नेपाल प्रहरीलाई कम्प्युटर र सन्देशमुलक बोर्ड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ती सामाग्री हस्तान्तरण गरिएको नेपाल लाइफ इन्सुरेन्सले जनाएको छ ।

बिमा कम्पनीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडालाई ७५ थान ट्राफिकसंग सम्बन्धीत सूचनामुलक बोर्ड र जिल्ला प्रहरी कार्यालय कास्कीका लागि ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) प्रवीणरमण पराजुलीले ती सामाग्री राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर थापा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक नबिन कार्कीलाई हस्तान्तरण गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पराजुलीले सामाजिक उत्तरदायीत्व अन्तरगत कम्पनीले काम गदैँ आएको बताए । जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई हन्तारन्तरण गरिएका सामाग्रीले प्रहरीको सेवामा सहयोग पुग्ने पराजुलीले आशा उनले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीका प्रमुख दानबहादुर थापाले इन्स्योरेन्स कम्पनीले प्रदान गरेका सामाग्रीले कानुनको कार्यान्वय गर्न र सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहयोग पुग्ने विश्वाश व्यक्त गरे । शान्ती सुरक्षा कायम गर्नु, अपराध नियन्त्रण र दुर्घटना न्यूनिकरण गर्न सबैको सहयोगको आवश्यक पर्ने पराजुलीको भनाई थियो ।

६ मंसिर २०८२, शनिबार ०८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा