Play

पोखरा सडक महोत्सबको लागि तयारी शुरु, संयोजक सहसंयोजक र स्टेयरिंग कमिटि गठन

गुरुकुल खबर


पोखरा, पोखराको लेकसाइड क्षेत्रका रेष्टुरेण्ट ब्यबसायीहरुको संस्था रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आगामी पुष १३ देखि १७ गतेसम्म पोखरामा आयोजना गर्ने सडक महोत्सबको लागि तयारी शुरु गरेको छ। बिहिबार बसेको रेबान कार्यसमितिको बैठकले २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न प्रथम उपाध्यक्ष वसन्त गौतमलाई प्रमुख संयोजक एबम कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराईलाई सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।

पोखरा सडक महोत्सव संचालन गर्नको लागि गठित स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजंग कार्की सहित ६ जनालाई राखिएको छ ।

विगत २६ वर्ष देखी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नको लागि पोखरा सडक महोत्सब हुँदै आएको छ। सडक महोत्सवका कारण हरेक बर्ष अंग्रेजी नयाँ बर्षको आगमनसंगै पोखरामा आन्तरिक एबम बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ। सडक महोत्सब पोखराको लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्मको करिब तिन किलोमिटर सडक क्षेत्रमा हुँदै आएको छ ।

“सडकमै खाउ, सडममै नाचौं, सडकमै रमाउँ” भन्ने नाराका साथ आयोजना हुने सडक महोत्सवले लामो इतिहास बोकेको र पोखराको पर्यटन प्रबर्दनको लागि एउटा महत्वपूर्ण इभेन्ट्स बनेको रेबान पोखराका महासचिब बिरेन्द्र शेरचनले गुरुकुल खबरलाई जानकारी दिए ।

परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आर्कषक बनाउने सम्बन्धमा आयोजक रेबानले सरोकारवालाहरुसंग सुझावहरु लिने भएको छ ।  स्थानीय कला र संस्कृतिको प्रबर्द्दन, स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रचार प्रसार र व्यापार, स्थानीय उत्पादन र पर्यटकीय गन्तब्यको ब्राण्डिङ गर्न तथा पर्यटकहरुलाई अवलोकन गराउन महोत्सब उपयोगी बनेको बताइएको छ।

महोत्सवका कारण लोपोन्मुख सामग्री र संस्कृतिको संरक्षणमा समेत सहयोग पुगेको आयोजकको भनाई छ । समग्रमा पोखरा सडक महोत्सव स्थानियस्तरमा आर्थिक गतिविधि चलायमान गर्न, विदेशी मुद्रा आर्जन गर्न,  रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको मात्र नभएर २६ वर्ष देखिको निरन्तरताले आन्तरिक एबम बाह्य पर्यटकहरुले अंग्रेजी नयाँवर्ष पोखरामा नै आएर मनाउने वातावरण सृजना भएको छ ।

सम्बन्धित समाचार ..

रेवानले गर्ने सडक महोत्सबको तयारी शुरु, रेस्टुरेन्ट ब्यबसायीसंग छलफल

पोखरामा शनिबारदेखि ‘स्ट्रिट फेस्टिबल’, पांच दिनमा पांच लाख पर्यटक पोखरा भित्र्याउने लक्ष

पोखराको लेकसाइडमा सडक महोत्सव जारी, विभिन्न खेल प्रतियाेगिता सम्पन्न 

२३ आश्विन २०८२, बिहीबार १३:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा