पोखरा, ४६ औं विश्व पर्यटन दिवसको अवसरमा होटल संघ पोखरा नेपालले शुक्रबार फेवाताल किनारमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको महान पर्ब दशैंको समेत सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा पर्यटन ब्यबसायी एबम होटल ब्यबसायीहरु बीचमा दशैंको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

पोखरा होटल संघका पदाधिकारीहरु, सदस्य र सल्लाहकारहरुले सहभागिता जनाएको उक्त सरसफाई कार्यक्रम फेवातालको किनार बाराहीघाटबाट गैह्राकोचौतारासम्म गरिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए ।
फेवाताल पोखराको मात्र नभई देशकै गहना भएको कारण तालको सरसफाइमा सबैको ध्यान पुगोस भन्ने सन्देश प्रवाह गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुबेदीले बताए ।
सरसफाई कार्यक्रम सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने होटल संघका पदाधिकारी एवम् कार्यसमिति सदस्य, पुर्व अध्यक्ष एवम् सल्लाहकार, होटल प्रतिनिधि समाज, होटल संचालक, व्यवस्थापक तथा कर्मचारी लगायत सबैलाई संघको तर्फबाट आभार समेत प्रकट गरिएको छ । कार्यक्रमका अवसरमा दशैंको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

सम्बन्धित समाचार ..















