Play

बास्केटबल संघद्वारा आयोजित रेफ्री सम्बन्धि तिन दिने तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा,  नेपाल बास्केट बल संघ गण्डकी प्रदेश समितीको आयोजनामा निर्णायक (रेफ्री) सम्बन्धि तिन दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेश भित्रका सामुदायिक बिघालयका खेल शिक्षक तथा पुर्ब बास्केटबल खेलाडी गरि तालिममा ३२ जनाको सहभागिता रहेको थियो।

समापन कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै रेफ्रीको मुख्य भुमिका रहने हुंदा प्रतियोगिता संचालनको समयमा चनाखो भएर काम गर्न नयां रेफ्रीलाई आग्रह गरे।

कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , बास्केट बल संघका सल्लाहकार द्दय सुनिल गुरुङ र नारायण शर्मा, खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एमबी आस्था, अग्रज पत्रकार राज बहादुर गुरुङ, प्रशिक्षार्थी ईन्द्र गुरुङ लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

तीनदिने प्रशिक्षण कार्यक्रमको प्रशिक्षक अन्तर्राष्ट्रिय फिफा रेफ्री राज कुमार महर्जन रहेका थिए ।  नेपाल बास्केट बल संघ गण्डकी प्रदेश समितीका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गण्डकी प्रदेश महासचिब बिष्णु कुमार गुरुङ र बास्केट बल संघका गण्डकी प्रदेश उपाध्यक्ष किरण सापकोटा लगायतले तालिमबाट सिकेको कुरालाई ब्यबहारमा उतार्नसक्नुपर्नेमा जोड दिएका थिए ।

२६ जेष्ठ २०८२, सोमबार २२:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा