Play

काठमाडौँको बुढानिलकण्ठबाट २१ किलो सुन बरामद, चिनिया नागरिकहरु संलग्न रहेको प्रारम्भिक अनुमान

गुरुकुल खबर


काठमाडौँ,  प्रहरीले काठमाडौंमा ठूलो परिणाममा सुन बरामद गरेको छ । बिहीबार बूढानिलकण्ठबाट २१ किलो सुन बरामद भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो ।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० केजी प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको स्रोतको भनाइ छ । प्रहरीले केही व्यक्तिलाई पक्राउसमेत गरेको एक उच्च अधिकृतले  संचारमाध्यमलाई बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा यसमा तीनजना चिनियाँ नागरिकको संलग्नता खुलेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतले बताएअनुसार, एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका थिए । प्रहरीको टोलीले सुन राखिएको आशंका गरिएको ठाउँमा एक साताभन्दा लामो समयदेखि रेकी गरिरहेको स्रोतको दाबी छ।  स्रोतका अनुसार, सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुधन गुरुङसँग समेत सूचना पुगेको थियो ।

‘चीनतर्फबाट आएको यो सुन केही दिनदेखि त्यहीं राखिरहेको आशंका छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘केही व्यक्ति पक्राउ परिसकेका छन्, उनीहरुको बयानबाट समेत थप खुल्ला ।’ हालसम्मको अनुसन्धानमा तीन जना चिनियाँ नागरिकको संलग्न खुलिसकेको छ । नेपाली नगारिकको विस्तृत पृष्ठभूमि र विवरणसमेत प्रहरीले केलाइसकेको स्रोतको दाबी छ ।

यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पारगरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र ६० किलो सुन बरामद भएको थियो । २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो ।

यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पारगरिसकेको अवस्थामा ‘ब्रेक सु’ भित्र ६० किलो सुन बरामद भएको थियो । त्यसअघि २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो ।

३३ किलो सुन हराएपछि तस्कर समूहले खोजबिन गर्ने क्रममा शाक्य मारिएका थिए । त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रहरी अधिकारीहरुसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

त्यसपछि लामो समयसम्म विमास्थलबाट संगठित सुन तस्करी भएको विवरण आएको थिएन । एकैपटक २०८० सालमा चिनियाँ गिरोहको संलग्नतामा ब्रेक सुमा लुकाएर सुन तस्करी भएको खुलेको थियो ।  नेपालमा बरामद हुने अधिकांश सुन भारततर्फ तस्करी हुने गरेको छ । नेपाली नागरिक भरिया र व्यवस्थापकका रुपमा प्रयोग हुने गरेको छ ।

२२ आश्विन २०८३, बिहीबार २०:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा