पोखरा, कास्कीको पोखरा महानगरपालिका-२८ मा आज शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुने चारजना बिधार्थीहरु रहेकोमा अन्दाजी १४/१५ बर्षकी ममता तिवारी, सोही उमेर समुहका अशिम कँडेल, शुभेक्षा तिवारी, रोनिका नेपाली र बसमा सवार पोखरा–२८ बस्ने अन्दाजी ५६ वर्षीय बाबुराम तिवारी रहेको बुझिएको छ ।
दुर्घटनामा परेर घाइते भएका र पस्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचार गराइरहेकाहरुमा सोनिया तिवारी, स्नेहा खत्री, अंकित पराजुली, स्नेहा तिवारी, स्मृति खत्री, सुप्रिया आचार्य, मेरिना तिवारी, आकृति बुढाथोकी, तुलबहादुर गुरुङ लगायत रहेको अस्पतालमा मनोहरी पौडेलले जानकारी दिए ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसमा १९ जना सवार सबैजना कक्षा–१० का विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए ।

बसमा रहेका बिधार्थीहरु कक्षा १० मा अध्ययन गर्ने रहेको र उनीहरु परीक्षाको तयारीको लागि ट्युसन कक्षाको लागि बिहान घरबाट बसले स्कुलमा ल्याउँदै गरेको अबस्थामा बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको थियो । बसमा ओख्ले र माझठान क्षेत्रका बिधार्थीहरु रहेको स्थानीय बासिन्दा एबम नेपाली काँग्रेसका नेता बिकास गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।
स्थानीय कालिका बोर्डिंग स्कुलमा अध्ययनरत बिधार्थीहरु बोकेको बस ओख्ले र शान्ती मैदानको बिचमा पर्ने सडकबाट भिरमा खसेर दुर्घटना भएको बुझिएको छ। उक्त दुर्घटना पछि घाइते र मृतकका आफन्तको भिड लाग्नुको साथै हस्पिटल परिसरमा रुवाबासी चलेको छ।
घाइतेहरुको विवरण ..















