पोखरा, कास्कीको पोखरा महानगरपालिका वडा न. २८ कालिकामा बिधार्थीहरु बोकेको स्कुल बस दुर्घटनाहुँदा घाइते भएका मध्ये हालसम्म ५ जनाको मृत्यु भएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक् नबिन कार्कीका अनुसार घाइते भएका १७ जनामध्ये हालसम्म ३ जना बालिका र १ बलका एबम एक जना बालकको साथै बसमा लिफ्ट मागेर यात्रा गरेका एक जना सर्बसाधारणको मृत्यु भएको छ।
बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा केहीको मृत्यु भएको बताइएको छ। स्थानीय कालिका बोर्डिंग स्कुलमा अध्ययनरत बिधार्थीहरु बोकेको बस ओख्ले र शान्ती मैदानको बिचमा पर्ने सडकबाट भिरमा खसेर दुर्घटना भएको बुझिएको छ।
बसमा रहेका बिधार्थीहरु कक्षा १० मा अध्ययन गर्ने रहेको र उनीहरुलाई ट्युसन कक्षाको लागि बिहान घरबाट बसले स्कुलमा ल्याउँदै गरेको अबस्थामा दुर्घटना भएको थियो । बसमा ओख्ले र माझठान क्षेत्रका बिधार्थीहरु रहेको स्थानीय बासिन्दा एबम नेपाली काँग्रेसका नेता बिकास गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।
बसमा के कति बिधार्थी थिए र उनीहरुको अबस्था के छ भन्ने बिस्तृत जानकारी आउन बाँकी रहेपनि १८ जना घाइतेहरुको उद्वार गरेर अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरु मध्ये केझिको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।












