Play

महिला संघ कास्की र पोखरा महानगरको छुट्टाछुट्टै कार्यक्रममा महिलाहरु सम्मानित

गुरुकुल खबर


पोखरा, नेपाल महिला संघ कास्कीले फागुपुर्णिमाको अवसर पारेर पोखरामा शुभकामना कार्यक्रम सहित महिला संघमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा महिला संघ कास्कीका पूर्व अध्यक्ष शकुन्तला गुरुङ र तारा अधिकारीको साथै कांग्रेस महाधिबेशन प्रतिनिधि हिरा भट्टराई रहेका छन।

उनीहरुलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेल र नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सम्मानपत्र प्रदान गर्नुको साथै दोषल्ला र माला लगाएर सम्मान गरेका थिए।

नेपाल महिला संघ कास्कीका सभापति मीना पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल र कास्की कांग्रेसका सभापति बराल सहित सम्मानित व्यक्तित्व शकुन्तला गुरुङ, तारा अधिकारी, नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली, पोखरा महानगरपालिका -२५ का वडाध्यक्ष मोतिराज तिमिल्सिना लगायतले होलि पर्वको महत्वबारेमा चर्चा गर्दै शुभकामना राखेका थिए।

कार्यक्रममा महिला संघ कास्कीका अध्यक्ष मीना पाण्डे, उपाध्यक्ष इन्द्रमाया बानिया, सचिब रमाकुमारी पौडेल, कार्यक्रम संयोजक सजिता तामांग लगायतका बक्ताले महिला संघका बिबिध गतिबिधि बारेमा चर्चा गर्दै अब महिला संघ अधिबेशनको तयारीमा रहेको जानकारी गराएका थिए ।

यसैबीच ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर नेपाल महिला संघ पोखरा महानगर समितिले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे कि गभर्नर मिलन थापालाई सम्मान गरेको छ। सोहि अबसरमा महिला संघ कास्कीको पहिलो अध्यक्ष बनेर महिला संघको संगठन बिस्तारमा भूमिका खेलेको भन्दै कांग्रेस नेत्री शकुन्तला गुरुङलाई पनि सम्मान गरिएको थियो । 

नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहेकी थापा पोखरामा ब्यबसायीको रुपमा समेत स्थापित छन। उनलाई नेपाल महिला संघ कास्कीका प्रथम सभापति शकुन्तला गुरुङ, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र महिला संघ पोखरा महानगरकी सभापति अम्बिका ढुंगाना लगायतले सम्मान गरेका थिए । 

महिला संघ पोखरा महानगर सभापति अम्बिका ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला संघ कास्कीका पुर्ब अध्यक्ष गुरुङ र कास्की कांग्रेसका सभापति बराल सहित नेपाल महिला संघ कास्कीका सभापति मीना पाण्डे,संघको महानगर समितिका उपाध्यक्ष सुधा थापा र सचिब कल्पना थापा लगायतले महिला संघ महानगर समितिले गर्दै आएका गतिविधिको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा समाबेशी महिला संजाल गण्डकीका अध्यक्ष एबम संचारकर्मी सरिता तिमिल्सिना पगेनीले महिला अधिकारको बिषयमा जानकारी गराएको महानगर समितिका सभापति अम्बिका ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिईन । 

४ चैत्र २०८१, सोमबार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा