Play

पोखराको साइमन पार्टी प्यालेसबाट करिब १५ लाख चोरेर भाग्ने दुईजना पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की प्रहरीले करिब १५ लाख रुपैया चोरी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । माघ ११ गते राति करिब १ बजे पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालयबाट नगद १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ घर भएकी २९ वर्षीया पूजा श्रेष्ठ छन् । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा प्रहरीले माघ १३ गते बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूसँग नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ र तीनवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गर्न माघ १३ गतेदेखि लागु हुने गरी ६ दिनको म्याद थपिएको छ । घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी द

१४ माघ २०८१, सोमबार २०:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा