Play

प्याब्सन कास्कीमा नयाँ समिति, अध्यक्षमा गौतम निर्बाचित

गुरुकुल खबर


पोखरा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीको अध्यक्षमा षडानन्द गौतम निर्बाचित भएका छन।

प्याब्सन कास्कीको हालै पोखरामा सम्पन्न १९ औं जिल्ला अधिवेशनले गौतम अध्यक्ष रहेको १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, सचिवमा सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्षमा विधान गौतम, सह–सचिवमा डिल्लीराम अर्याल र सह–कोषाध्यक्षमा नरेश प्रसाद बराललाई चयन गरिएको छ ।

संस्थाको कार्यसमितिका सदस्यहरूमा कौशल्या गुरुङ, खिमबहादुर गुरुङ, डा. महेश्वर पराजुली, रेखा थापा कार्की र टिकाराम पौडेललाई चयन गरिएको बताइएको छ।

यसैगरी प्याब्सनको महाधिवेशन प्रतिनिधिमा डा. त्रिभुवन शर्मा, दिलीप शर्मा, दिनेश लामिछाने र लेखनाथ पराजुलीलाई चयन गरिएको छ  ।

प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन पोखराका महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै मेयर आचार्यले शिक्षाको गुणात्मक विकासमा निजी क्षेत्रको समेत सहयोग आवश्यक भएको कुरामा जोड दिए ।

२ माघ २०८१, बुधबार १४:२० मा प्रकाशित
Nabintech