Play

प्याब्सन कास्कीको अधिबेशन सम्पन्न, गौतम अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित

गुरुकुल खबर


पोखरा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीको अध्यक्षमा षडानन्द गौतम निर्बाचित भएका छन। प्याब्सन कास्कीको हालै पोखरामा सम्पन्न १९ औं जिल्ला अधिवेशनले गौतम अध्यक्ष रहेको १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नबनिर्बाचित अध्यक्ष गौतम बालकल्याण हाइस्कुलका संचालक हुन ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, सचिवमा सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्षमा विधान गौतम, सह–सचिवमा डिल्लीराम अर्याल र सह–कोषाध्यक्षमा नरेश प्रसाद बराललाई चयन गरिएको छ ।

बरिष्ठ उपाध्यक्ष तिमिल्सिना तारकुन्ज बोर्डिंग स्कुलका संचालक हुन् भने उपाध्यक्ष अधिकारी हार्बर्ड एकेडमीका संचालक हुन यसैगरी सचिब भण्डारी अल्फा बोर्डिंग स्कुल, कोषाध्यक्ष गौतम पोखरा लर्नर्स एकेडेमी, सहसचिब अर्याल बालप्रभात बोर्डिंग स्कुल र सह कोषाध्यक्ष बराल डिज्नील्याण्ड एकेडमीका संचालक हुन ।

संस्थाको कार्यसमितिका सदस्यहरूमा नवदिप इन्ग्लिश बोर्डिंग स्कुलकी संचालक कौशल्या गुरुङ, सोसियल पब्लिक स्कुलका संचालक खिमबहादुर गुरुङ, शान्ति निकेतन बोर्डिंग स्कुलका संचालक डा. महेश्वर पराजुली र बिभुति शिक्षा सदनका संचालक रेखा थापा कार्की र टिकाराम पौडेललाई चयन गरिएको बताइएको छ।

यसैगरी प्याब्सनको महाधिवेशन प्रतिनिधिमा मदरल्याण्ड सेकेण्डरी बोर्डिंग स्कुलका  डा. त्रिभुवन शर्मा, सगरमाथा सेकेण्डरी बोर्डिंग स्कुलका दिलीप शर्मा, भानुभक्त सेकेण्डरी बोर्डिंग स्कुलका दिनेश लामिछाने र लिटल द्याफोदिल बोर्डिंग स्कुलका लेखनाथ पराजुलीलाई चयन गरिएको कार्यसमितिका नबनिर्बाचित सदस्य कौशल्या गुरुङले गुरुकुल खबरलाई जानकारी दिईन।

प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन पोखराका महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मेयर आचार्यले शिक्षाको गुणात्मक विकासमा निजी क्षेत्रको समेत सहयोग आवश्यक भएको कुरामा जोड दिए ।

२ माघ २०८१, बुधबार १४:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा