Play

एमालेका केन्द्रीय सदस्य एबम अखिलका पूर्व अध्यक्ष किशोर मल्ल पक्राउ

गुरुकुल खबर


पोखरा,  नेकपा एमालेका केन्द्रीय सदस्य किशोर बिक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ मल्ललाई सोमबार पक्राउ गरी काठमाडौँको महाराजगन्ज प्रहरी वृत्तमा राखिएको छ। मल्ल नेकपा एमालेको बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनमा लामो समय सक्रिय थिए उनि संगठनको केन्द्रीय अध्यक्ष समेत बनेका थिए।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का इन्चार्ज समेत रहेका मल्ल विरुद्ध एमालेकै केन्द्रीय सदस्य पुष्पराज पहराईले २० लाख ५० हजार रुपैयाँको चेक अनादर गरेको आरोपमा जाहेरी दिएका थिए। पहराईले दिएको जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएको बुझिएको छ।

प्रहरीका अनुसार मल्लले पहराईलाई दिनुपर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिए पनि खातामा पर्याप्त रकम नभएको कारण चेक अनादर भएको थियो। यता, मल्लले भने आफूले उक्त रकम भुक्तानी गरिसकेको दाबी गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको र थप निर्णय अनुसन्धानपछि लिइने जनाएको छ।

किशोरविक्रम मल्ल २०७० सालको निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।

१ माघ २०८१, मंगलवार १४:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा