Play

डा. नारायण एबम मेडिकल ब्यबसायी यादव र धिरज समेतलाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखरामा स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. नारायण गौतम, यादब गौतम र धिरज गौतम समेतलाई मातृशोक परेको छ। डा. गौतमकी आमा राममाया गौतमको ८७ बर्षको उमेरमा यहि पुष १९ गते निधन भएको हो।

पोखरा महानगरपालिका -२० भलाम निबासी सामाजिक एबम आध्यात्मिक व्यक्तित्व गौतमको आंफ्नो निवासमा निधन भएको थियो । राममाया गौतम तत्कालिन भलाम गाउँ विकास समितिका अध्यक्ष समेत रहेका राजनीतिकर्मी स्व. तेजबहादुर गौतमकी धर्मपत्नी हुन।

भलामका स्थानीय बासिन्दा एबम नेपाली काँग्रेस कास्की -२ का सचिब महेन्द्र अधिकारीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार स्व. राममायाका पांच जना छोराहरु शंकर गौतम, नारायण गौतम, ध्रुब गौतम, यादब गौतम र धिरज गौतम रहेकोमा जेठा छोरा शंकर गौतमको केहि महिना अगाडी निधन भएको थियो।

छोराहरु मध्ये डा. नारायण गौतम पोखरामा मुटुको उपचार गराउने डाक्टरको रुपमा परिचित छन। उनि पद्म नर्सिंग होमको संचालक सहित पोखराका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रहेर मुटु रोगि सहित अन्यको स्वास्थ्योपचारमा सक्रिय छन।

छोरा यादव गौतम पोखरा महानगरपालिका -३ नदीपुरमा संचालित पद्म नर्सिंग होमको संचालक समितिका अध्यक्ष  तथा अर्का छोरा धिरज गौतम पनि पोखरामा औषधी व्यवसायीको रुपमा परिचित छन। उनि पनि पद्म नर्सिंग होमको संचालक हुन।  बेलायती सेनामा काम गरेका अर्का छोरा ध्रुब गौतम पछिल्लो समय बेलायतमा नै बस्दै आएका छन।

२८ पुष २०८१, आईतवार १९:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा