काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागको सदस्यमा विभिन्न व्यक्तित्वलाई मनोनित गरेका छन ।
उक्त बिभागको सदस्यमा मनोनित हुनेहरुमा प्रा. विनय कुसियत – धनुषा प्रा.डा. रश्मी राजभण्डारी – काठमाडौं, डा. सुदन ओली – रोल्पा, डा. ईशा घर्ती – लम्जुङ, डा. रेवतबहादुर कार्की – ओखलढुंगा, डा. प्रताप छत्कुली – धादिङ, डा. राजेन्द्र बीर – कैलाली, अमरबहादुर रोकाय – सुर्खेत. राजकुमार त्रिपाठी(आर.के.) – धादिङ र होमप्रसाद घिमिरे – ललितपुर रहेका छन।
यसै गरि नेपाली कांग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको विधान बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको नेपाली कांग्रेस स्वास्थ्य विभागको सदस्यमा पनि विभिन्न ब्यक्तित्वलाई मनोनयन गरेका छन ।
मनोनित हुने विभागका सदस्यहरुमा डा. लक्ष्मीराज पाठक – कैलाली, डा. मुक्तिराम श्रेष्ठ – अर्घाखाँची, डा. अनिलकुमार झा – सप्तरी, डा. सुमन कर्माचार्य – रामेछाप, डा. सुशीलनाथ प्याकुरेल – ललितपुर, श्यामचन्द्र यादव – धनुषा, ईश्वर कार्की – झापा, विष्णुप्रसाद भट्टराई – स्याङ्जा, पुजा फुयाल – सोलुखुम्बु र वुधिसरा सुनुवार – सुर्खेत रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिएका छन।