पोखरा, नेपाली काँग्रेसको आसन्न १५ औं महाधिबेशनको लागि कास्की क्षेत्र न. १ बाट खुल्ला तर्फको केन्द्रीय महाधिबेशन प्रतिनिधिको लागि नेपाल विद्यार्थी संघमा लामो समय काम गरेका सन्तोष पौडेलले पनि उमेदवारी दिने भएका छन। कास्की -१ बाट केन्द्रीय महाधिबेशन प्रतिनिधि पदमा उमेदवारी दिनेको संख्या ५० भन्दा बढी हुने अनुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने समयमा नेविसंघको त्रिभुवन विश्वबिधालय समितिको अध्यक्ष रहेर काम गरेका पौडेल पार्टीले आव्हान गरेका आन्दोलनको साथै पटक पटक भएका विद्यार्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका थिए।
त्रिवि केन्द्रीय क्याम्पसबाट विद्यार्थी हक अधिकार, शैक्षिक गुणस्तर सुधार र प्रजातान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि पौडेलले सशक्त नेतृत्व प्रदान गरेको उनलाई चिन्नेहरू बताउँछन।
नेविसंघको सांगठनिक सुदृढीकरण, युवा परिचालन र लोकतान्त्रिक संस्कृतिको विकासमा पौडेलको भूमिका महत्वपूर्ण रहेको र विद्यार्थी राजनीतिबाट परिपक्व हुँदै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेको कारण पौडेल जस्ता युवालाई महाधिबेशन प्रतिनिधि जिताउनुपर्ने आवाज समेत उठ्न थालेको बताइन्छ ।













