पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गतबिभिन्न क्षेत्रबाट व्यापारिक पृष्ठभूमी भएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु चुनाबी मैदानमा उत्रिने क्रममा कास्की क्षेत्र न. २ बाट पोखराको प्रतिष्ठित ब्यापारिक घराना कर्माचार्य हाउसका माइकल कर्माचार्य पनि नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि बन्ने दौडमा लागेका छन।
नेपाली काँग्रेसको विधानको ब्यबस्था अनुरुप आदिबासी जनजाती तर्फको क्लस्टरबाट कर्माचार्यले महाधिबेशन प्रतिनिधि पदमा उमेदवारी घोषणा गरेका छन। ‘कास्की क्षेत्र न. २ का नेपाली काँग्रेसका अग्रज नेताहरु र समकालीन एबम अन्य साथीहरुसंग सल्लाह गरेर मैले महाधिबेशन प्रतिनिधि पदमा उमेदवारी दिने निर्णय गरेको हुँ।’ कर्माचार्यले गुरुकुल खबरसंग भने ।
आँफु ब्यबसायिक गतिबिधिसंगै राजनितीमा पनि निरन्तर क्रियाशील रहँदै आएको र हाल कास्की कांग्रेसको जिल्ला कार्यसमितिको कोषाध्यक्ष रहेको उनले बताए यसपटक महाधिबेशन प्रतिनिधिको रुपमा पार्टीमा सक्रिय हुन खोजेको भन्दै उनले मतदाताको रुपमा रहेका क्षेत्रिय प्रतिनिधिहरुसंग मतदान गरिदिन अपिल गरेका छन ।
नेपाली काँग्रेसमा सबै वर्ग जात लिङ्ग एबम उमेर समुहको प्रतिनिधित्व आबश्यक रहेको कारण पार्टीको बिधानलाई पनि समाबेशी बनाइएको भन्दै उनले मतदाता साथीहरुले उमेदवारको क्षमता, योग्यता र जातीय सन्तुलन समेत कायम हुने गरि मतदान गर्ने बिश्वास प्रकट गरे।
नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा लोकप्रिय मत प्राप्त गरेर नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमितिको सदस्यमा निर्बाचित भएका कर्माचार्यले त्यसपछि कास्की जिल्ला कार्यसमितिको कोषाध्यक्षको रुपमा कार्यरत छन । नेवार, गुरुङ, मगर, राई, लिम्बु लगायत समाबेश हुने आदिबाशी जनजाती क्लस्टरबाट उमेदवार बन्नेहरु मध्ये माइकल कर्माचार्य नेवार समुदायबाट एक्लो उमेदवार रहेका छन।
कर्माचार्य पोखरास्थित बिभिन्न सामाजिक संघसंस्थामा पनि उत्तिकै सक्रिय छन। उनि लायन्स, रोटरी जस्ता संघसंस्थाको साथै खेलकुदसंग सम्बन्धित बिभिन्न संस्थामा समेत संलग्न रहँदै आएका छन। कर्माचार्यले नेपाल उधोग बाणिज्य महासंघ, पोखरा उधोग बाणिज्य संघको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन भने नेपाल अस्ट्रेलिया च्याम्बर अफ कमर्सको सदस्यको भूमिकामा कार्यरत छन ।
कर्माचार्यका बुवा चन्द्रकृष्ण कर्माचार्य नेपाल उधोग बाणिज्य महासंघको कार्यसमितिको पुर्व सदस्य एब लेखनाथ उधोग बाणिज्य संघको पुर्व अध्यक्ष समेत हुन। उनि हाल नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक ब्यबसायी संघका राष्ट्रिय अध्यक्षको जिमेवारीमा छन ।
कास्की क्षेत्र न. २ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा रहेको र ति वडाबाट ५ सय ३४ जना क्षेत्रिय प्रतिनिधि रहेकोमा क्षेत्रिय सभापतिले मनोनित गरेका १० जना सहित कुल मतदाताको संख्या ५ सय ४४ रहेको निर्बाचन अधिकृत गणेश कार्कीले गुरुकुल खबरलाई जानकारी दिए ।













