Play

सुदूर पश्चिमका मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा डा. उपाध्याय नियुक्त

गुरुकुल खबर


कैलाली, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले डा. जितेन्द्र उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। बिगतमा नेपालमा रहेर अध्यापन साथै अनुसन्धानात्मक कार्यमा संलग्न उपाध्याय पछिल्लो समय क्यानाडामा बस्दै आएका थिए।

उपाध्याय क्यानाडामा युवा बैज्ञानिकको रुपमा विभिन्न अनुसन्धानात्मक कार्यको साथै राजनीतिक र सामाजिक गतिविधिमा समेत सक्रिय थिए। उनि नेपाली जनसम्पर्क समिति क्यानाडाको उपाध्यक्षको साथै सुदुर पश्चिम समाज क्यानाडाको अध्यक्ष समेत हुन।

नेपालमा टीकापुर नगरपालिका–१, कैलाली घर भएका डा. उपाध्यायलाई “मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि, २०८१” को दफा ३, उपदफा १ (क) बमोजिम नियुक्त गरिएको हो।

नियुक्ति मिति २०८१ पुष ३  गते देखि लागू हुनेछ। सल्लाहकारका रूपमा डा. उपाध्यायले सो कार्यविधिको दफा ९ र अनुसूची २ अनुसार पारीश्रमिक र सुविधा पाउनेछन्।

मुख्यमन्त्री शाहले नियुक्ति पत्र मार्फत डा. उपाध्यायलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन्। उनको अनुभवले प्रदेश सरकारलाई थप सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यस अगाडिका मुख्यमन्त्रीले भने राजनैतिक सल्लाहकार राखेका थिएनन्। अन्य केहि प्रदेशमा मुख्य मन्त्रीले राजनीतिक सल्लाहकार नियुक्ति गरेको छन् भने कहिले अझै सम्म पनि गरेका छैनन ।

३ पुष २०८१, बुधबार २०:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा