Play

पत्रकार महासंघका ७७ मध्ये ३५ जिल्ला र १० मध्ये ४ प्रदेशको अध्यक्षमा कांग्रेस निकट प्रेस युनियनका उमेद्वार निर्बाचित

गुरुकुल खबर


पोखरा, नेपाली पत्रकारहरुको छाता एबम साझा संस्थाको रुपमा मानिने नेपाल पत्रकार महासंघमा यस पटक नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनका उमेदवारहरु ७७ जिल्लामध्ये ३५ जिल्ला शाखाको अध्यक्षमा निर्बाचित भएका छन।यसपटक युनियनको तर्फबाट  ७७ जिल्ला मध्ये ४३ जिल्ला शाखामा अध्यक्ष पदमा उमेद्वारी दिएकोमा ३५ जिल्ला अध्यक्ष मात्र बिजयी भएका हुन ।

महासंघको संरचनामा १० वटा प्रदेश समिति रहेकोमा ४ वटा प्रदेश समितिको अध्यक्ष पनि युनियनका उमेदवारले जितेका छन । ५२ सदस्यीय केन्द्रीय समितिमा बहुमत पदाधिकारी सहित २४ जनाले र तिन सदस्यीय केन्द्रीय लेखा समितिको दुई सदस्यमा पनि युनियनका उमेद्वार बिजयी भएका छन ।

युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले दिएको जानकारी अनुसार यस अगाडी नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको पदाधिकारीमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष र सचिबहरु सहित बहुमत पदाधिकारीमा युनियनका उमेद्वार विजयो भएका थिए भने १० वटा प्रदेश मध्ये ८ वटा प्रदेश र ७७ जिल्ला मध्ये ४६ जिल्ला शाखाको अध्यक्षमा यनियनका उमेद्वारहरु बिजयी भएका थिए

युनियनका उमेद्वारहरुले निम्न जिल्लामा जीत हासिल गरेका छन।

युनियनका उमेद्वारले अध्यक्ष जितेका कोशी प्रदेशका जिल्ला

१.भिम बाँस्कोटा, पाँचथर
२.टिआर सेनेहाङ, तेह्रथुम
३.बिदुर खवास, धनकुटा
४.एकराज गिरी, झापा
५.भक्तिविलास पोखरेल, उदयपुर
६.कृष्णराज शाक्य, संखुवासभा
७.सुसिला पाठक, मोरङ
८.सोलुखुम्बु, सुवास दर्नाल

युनियनका उमेद्वारले अध्यक्ष जितेका मधेश प्रदेशका जिल्ला 

९.पुरन शाह, धनुषा
१०.ओमप्रकाश ठाकुर, सर्लाही
११.श्रवण देव, सप्तरी
१२.सन्जय कार्की, रौतहट

युनियनका उमेद्वारले अध्यक्ष जितेका बागमती प्रदेशका जिल्ला 

१३.ध्रुब दंगाल, सिन्धुपलाञ्चोक
१४.बसन्त पराजुली, चितवन
१५.नवराज सुवेदी, नुवाकोट
१६.दीपक घिमिरे, रामेछाप
१७.बाबुराम कार्की, सिन्धुली
१८.सुन्दर सिल्पकार, भक्तपुर

युनियनका उमेद्वारले अध्यक्ष जितेका गण्डकी प्रदेशका जिल्ला 

१९.हरिकृष्ण गौतम, म्याग्दी
२०.प्रदीप कोइराला, स्याङ्जा
२१.डिपी अधिकारी, तनहुँ
२२.सन्देश पौडेल, लमजुङ
२३.श्रीराम सिग्देल, नवलपुर
२४.नविन लामिछाने, मनाङ

युनियनका उमेद्वारले अध्यक्ष जितेका लुम्बिनी प्रदेशका जिल्ला 

२५.सन्तोष सुवेदी, दाङ
२६.श्रीराम भण्डारी, प्युठान
२७.नविन गिरी, बाँके

युनियनका उमेद्वारले अध्यक्ष जितेका कर्णाली प्रदेशका जिल्ला 

२८.सुरेन्द्र बहादुर सिंह
२९.राजन बस्नेत, हुम्ला
३०.मधुवन वि.सी÷सुसिल शर्मा (मत बराबर), सुर्खेत
३१.अच्युतराज भण्डारी, मुगु

युनियनका उमेद्वारले अध्यक्ष जितेका सुदुर पश्चिम प्रदेशका जिल्ला 

३२.रमेश राउत, अछाम
३३.प्रकाश बम, डोटी
३४.श्रवण देउवा, कैलाली
३५.डिपी बिष्ट÷ललित शाही(मत बराबर), बझाङ

युनियनका उमेद्वारले अध्यक्ष जितेका प्रदेश समिति 

१.रमेश वाग्ले, उपत्यका प्रतिष्ठान
२.रमेश पौडेल, गण्डकी
३.शुक्रऋषि चौलागाइँ, लुम्बिनी
४.भरत शाह, सुदुरपश्चिम

यसका साथै केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, समाबेशी उपाध्यक्षमा उमीद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा खुल्ला तर्फ रमेश खतिवडा, महिला तर्फ सोनी शर्मा, सचिब दलित तर्फ प्रकाश धौलाकोति, सचिब एसोसियत तर्फ बैकुण्ठ राज पराजुली सहित आठ पदाधिकारी पनि युनियन पक्षधरले जितेका छन।

१ पुष २०८१, सोमबार ११:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा