Play

पत्रकारहरुको निर्बाचन: गण्डकी प्रदेशमा कांग्रेस-एमाले र माओबादी-समाजबादीबीच प्रतिष्पर्धा

गण्डकी प्रदेशको दुईजना, लुम्बिनी प्रदेशमा चारजना र सुदुरपश्चिममा तिनजना अध्यक्षका उमेद्वार


गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघको यहि मङ्सिर २८ गते हुने निर्बाचन कार्यक्रमको लागि विभिन्न प्रदेश समितिको लागि सोमबार उमेदवारी दर्ता गरिएको छ। यस अगाडी मङ्सिर २२ गते केन्द्रीय समितिको लागि उमेद्वारी दर्ता भैसकेको छ भने २६ गते जिल्ला समितिहरुको लागि उमेद्वारी दर्ता गर्ने कार्यक्रम छ। गण्डकी प्रदेश समितिको नयाँ नेतृत्वका लागि पनि सोमबार नै  उम्मेदवारी दर्ता भएको छ ।

गण्डकी प्रदेशमा ७ पदाधिकारी १४ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको लागि निर्वाचनमा ३५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीको गठबन्धन अनुसार युनियनका रमेश पौडेलले उमेद्वारी दिएका छन् भने माओबादी निकट प्रेस सेन्टर र एकीकृत समाजबादी निकट र समाजबादी प्रेस संगठन सहित विभिन्न संगठनबाट गोविन्द सुवेदीले गण्डकी प्रदेशको अध्यक्ष पदमा उमेदवारी दर्ता गरेका छन ।

पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सल्लाहकार एबम नेपाल प्रेस युनियनका पूर्व उपाध्य्क्ष हुन भने सुबेदी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका निबर्तमान महासचिब हुन। पौडेल र सुबेदी दुबैजना रेडियो बाराहीमा आबद्ध छन। पौडेल उक्त रेडियोका कार्यकारी निर्देशक र सुबेदी सोहि रेडियोमा समाचारबाचकको रुपमा कार्यरत छन । यसबाहेक अन्य मिडियामा समेत उनीहरु आबद्ध छन ।

उपाध्यक्ष खुलातर्फ प्रेस चौतारीका प्रकाश पौडेल र प्रेस सेन्टरका घनश्याम पाण्डेसहित युनियनका यदुनाथ बन्जाराको उम्मेदवारी परेको छ । बन्जारा उअस अगाडी महासंघको गण्डकी प्रदेशको सचिब थिए।

महिला उपाध्यक्षमा सेन्टरबाट कमला खत्री केसी र युनियनबाट मायाकुमारी अधिकारीको उम्मेदवारी परेको छ । यसैगरी  महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारलेउम्मेदवारी दिएका छन। चौतारी सम्बद्ध शर्मा नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष भएर काम गरिसकेकी छन । उनि राससको सम्बाददाता सहित अन्य मिडियामा पनि आबद्द छिन।  सेन्टर संग सम्बद्ध परियार महासंघको कास्की शाखाको कार्यसमितिमा बसेर काम गरिसकेका छन उनि कान्तिपुर पब्लिकेसनमा कार्यरत छन ।

सचिव खुल्लातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भएको छ । कोषाध्यक्षतर्फ अग्निधर लुइँटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । लुइँटेल प्रेस सेन्टर र बस्ताकोटी युनियनका हुन् । तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

खुला सदस्यतर्फ श्रीकृष्ण सिग्देल, गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, विजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ ।

महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन दर्ता गरेका छन् । सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपाली उम्मेदवार बनेका छन् ।

सदस्य (आदिवासी जनजाति) तर्फ तिलप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मञ्जुल शाक्यको उम्मेदवारी परेको छ । सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश कार्यसमितिको लागि बिभिन्न पदमा गरिएको उमेद्वारी दर्ता यस प्रकार छ।

२४ मंसिर २०८१, सोमबार २०:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा