Play

पत्रकार महासंघमा एमाले र काँग्रेसको संयुक्त प्यानल, अध्यक्षमा शर्मा र बरिष्ठ उपाध्यक्षमा आचार्य

गुरुकुल खबर


काठमाडौं, नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी सम्बद्ध गठबन्धनबाट नयाँ प्यानल घोषणा गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच आइतबार निर्मला शर्मा नेतृत्वको प्यानल घोषणा गरिएको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा उम्मेदवारको रुपमा शर्मालाई अगाडी बध्येको हुन् ।  शर्मा कान्तिपुर टिभीको समकोण कार्यक्रमको संचालकको रुपमा परिचित छन उनि संचारिका समूहको पूर्व अध्यक्ष समेत हुन्

शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

बरिष्ठ उपाध्यक्षका उमेद्वार आचार्य नेपाल प्रेस युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन उनि लामो समय प्रेस युनियनको राजनीतिमा सक्रिय छन। महिला उपाध्यक्षमा उमेदवार बनेकी नितु पण्डित प्रेस चौतारीबाट र समाबेशी उपाध्यक्ष र महासचिबका उमेद्वार उमिद बागचन्द र रामप्रसाद दाहाल नेपाल प्रेस युनियनको तर्फबाट उमेद्वार बनेको हुन् पण्डित संचारिका समुहकी पूर्व अध्यक्ष हुन् भने बागचन्द लामो समय बिबिसी नेपाली सेवामा काम गरेका थिए यसैगरि दाहाल महासंघको पूर्व सचिब एबम रातो पाटी डटकमका सम्पादक हुन

महासंघको खुल्ला सचिवमा प्रेस युनियनका रमेश खतिवडा, महिला सचिवमा युनियनकै सोनी शर्मा, आदिवासी जनजाति सचिवमा चौतारीका सविन प्रियासन, मधेसी सचिवमा युनियनका अशोककुमार तिवारी, दलित सचिवमा युनियनका प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा प्रेस युनियनका वैकुण्ठराज पराजुली र कोषाध्यक्षमा प्रेस चौतारीका रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका हुन् । ज्ञवाली नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एबम पूर्व केन्द्रीय सदस्य पनि हुन उनि पोखराबाट प्रकाशन हुने समघन दैनिकका सम्पादक समेत हुन

केन्द्रीय समितिको लेखा समिति संयोजकमा चौतारीका केसी लामिछाने र खुल्ला सदस्यहरुमा रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना, प्रदेश सदस्यहरुमध्ये कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा कमलमणि रिमाल र शंकर खरेल, मधेस प्रदेशबाट अच्युतम् कुमार सापकोटा र राजेश कर्ण, वागमती प्रदेशबाट नवराज पथिक र नारायण अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केवि राना, लुम्बिनी प्रदेशबाट विकास बन्जाडे र रामराज पोखरेल केन्द्रीय सदस्यको लागिन उमेद्वार बनेका छन

यसैगरी कर्णाली प्रदेशबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय,  सूदूरपश्चिम प्रदेशबाट योगेन्द्रबहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेशबाट विनोदप्रसाद चौलागाई, पुस्करराज बुढाथोकी, प्रतिष्ठान प्रदेशबाट नरेन्द्र मानन्धर, सविता शर्मा
संस्थागत अर्थात एशोसिएट तर्फबाट पवित्रा मुडभरी र मुक्तिवावु रेग्मी, महिला सदस्यतर्फ रुविकुमारी रौनियार,आदिवासी जनजाती तर्फको महिला सदस्यमा माला मालुङ्वा, खस आर्य तर्फको महिला सदस्यमा लिला शाह योगीले उमेद्वारी दिएका छन् भने दलित तर्फको केन्द्रीय सदस्यमा सिकेन्द्र पासवन निर्बिरोध भएका छन

यसैगरी आदिवासी जनजातितर्फ भरत जर्घामगर र राजकरण महतो, मधेसी महिला सदस्यमा ललिता साह, अपाङ्गता तर्फबाट भूपराज बस्याल, अल्पसंख्यकबाट लक्ष्मण थामीले केन्द्रीय सदस्यमा उमेद्वारीदिएको छन् भने लेखा समिति सदस्यमा खुल्ला तर्फबाट  केशवप्रसाद वोहरा र महिला तर्फबाट रुक्मिणी पोखरेलले सदस्य पदमा उमेद्वारी दिएको छन

उमेदवारी घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासंघको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाएकी छिन।

२४ मंसिर २०८१, सोमबार ०७:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा